Thursday, April 2, 2026

येशू ख्रीष्टको पहिलो र दोस्रो आगमनको बीचको भिन्नता

 



१. पहिलो आगमनमा येशू डूँड़मा सुतिरहनुभएको छ । [लूका २:७]

 दोस्रो आगमनमा येशू सिंहासनमा विराजमान हुनुहुन्छ । [लूका १:३२; ​​प्रकाश ६:१६-१७]


२. पहिलो आगमनमा ख्रीष्ट पापीहरूलाई बचाउन आउनुहुन्छ । [यूहन्ना ३:१७; १ तिमोथी १:१५]

 दोस्रो आगमनमा ख्रीष्ट पापीहरूलाई दोषी ठहराउन आउनुहुन्छ । [२ थेस्सलोनिकी १:७-९; प्रकाश १४:१८-२१]


३. पहिलो आगमनमा ख्रीष्टको रगत बगाइन्छ । [मत्ती २६:२८; लूका २२:२०]

 दोस्रो आगमनमा ख्रीष्टले आफ्ना शत्रुहरूको रगत बगाउनुहुन्छ । [प्रकाश १४:१८-२१, यशैया ६३:१-६]


४. पहिलो आगमनमा ख्रीष्ट नम्रतापूर्वक गधामाथि सवार हुनुहुन्छ । [मत्ती २१:४-९] 

 दोस्रो आगमनमा ख्रीष्ट गौरवशाली सेतो घोडामाथि सवार हुनुहुन्छ । [प्रकाश १९:११]


५. पहिलो आगमनमा शैतानले येशूलाई बाँधेको छ । (मत्ती २७:२०-२६] 

 दोस्रो आगमनमा येशूले शैतानलाई बाँध्नु हुनेछ । [प्रकाश २०:२]


६. पहिलो आगमनमा येशू दास हुनुहुन्छ । [मत्ती २०:२८, मर्कूस १०:४५; ५:५-११]

 दोस्रो आगमनमा येशू राजा हुनुहुन्छ । [१ तिमोथी ६:१३-१५; प्रकाश १:५-६, १९:१६]


७. पहिलो आगमनमा येशू परमेश्वरको थुमा हुनुहुन्छ । [यूहन्ना १:२९]

 दोस्रो आगमनमा येशू यहूदाको सिंह हुनुहुन्छ । [प्रकाश ५:५]


८. पहिलो आगमनमा येशूलाई यहूदीहरूले अस्वीकार गर्छन्, तर अन्यजातिहरूले ग्रहण गर्छन् । [यूहन्ना १:११-१२]

 दोस्रो आगमनमा येशूलाई अन्यजातिहरूले अस्वीकार गर्छन्, तर यहूदीहरूले ग्रहण गर्छन् । [रोमी ११:२६-२८; प्रकाश ७]


९. पहिलो आगमनमा येशूले यस संसारका राज्यहरूलाई अस्वीकार गर्नुहुन्छ । [लूका ४:५-८]

 दोस्रो आगमनमा येशूले यस संसारका राज्यहरूमाथि शासन गर्नुहुन्छ । [प्रकाश ११:१५-१७]


१०. पहिलो आगमनमा येशूले आत्मिक राज्य स्थापना गर्नुहुन्छ । [रोमी १४:१७]

 दोस्रो आगमनमा येशूले भौतिक राज्य स्थापना गर्नुहुन्छ । [प्रकाश १९:११-२१]


११. पहिलो आगमनमा यहूदीहरूको राजा क्रूसमा टाँगिनुभयो । [मत्ती २७:३७]

 दोस्रो आगमनमा राजाहरूका राजाले शासन गर्नुहुन्छ । [प्रकाश १९:१६]


१२. पहिलो आगमनमा येशूसँग काँडाको मुकुट छ । [मत्ती २७:२९] 

 दोस्रो आगमनमा येशूसँग धेरै मुकुटहरू छन् । [प्रकाश १९:१२]


१३. पहिलो आगमनमा यरूशलेम नष्ट भयो । [७० ईस्वी] 

 दोस्रो आगमनमा बेबिलोन नष्ट भयो । [प्रकाश १७]


१४. पहिलो आगमनमा उहाँलाई गिल्ला गरियो । [मत्ती २४:४२, २७:२९] 

 दोस्रो आगमनमा उहाँको अगाडि हरेक घुँडा टेक्नेछ । [फिलिप्पी २:१०]


* २००० वर्ष पहिले यहूदीहरूले सिंह खोजिरहेका थिए र तिनीहरूले एउटा थुमा पाए । २००० वर्ष पछि ख्रीष्टियनहरूले एउटा थुमा खोजिरहेका छन र तिनीहरूले एउटा सिंह पाउनेछन् । जब मसीह फर्कनुहुन्छ, उहाँ अब दयाको सिंहासनमा होइन, तर न्यायको सिंहासनमा हुनुहुनेछ ।


Sources :

1. https://www.biblechartsanddiagrams.com/product-page/contrasting-the-first-second-coming-of-christ

2. https://pin.it/3MHJZi3Ms

3. https://www.facebook.com/groups/kathrynkuhlmanmessages/permalink/1878127089747638/?app=fbl

4. https://www.facebook.com/groups/friendsofrobertbreakerkjvrightlydividing/permalink/1370601047577526/?app=fbl

5. https://www.facebook.com/groups/627880109448846/permalink/1199746725595512/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...