Saturday, January 3, 2026

२०२६ मा जवानहरूलाई सन्देश

 


प्रीय जवानहरू,


१. परमेश्वरलाई आदर गर्नुहोस् । [उत्पत्ति २:१८]


२. मण्डली जानुहोस् । [हिब्रु १०:२५]


३. परमेश्वरले दिनुभएको जिम्मेवारीहरू लिनुहोस् । [यहोशू २४:१५]


४. विवाह गर्नुहोस् । [उत्पत्ति २:१८]


५. आफ्नी श्रीमतीलाई राम्रोसँग प्रभुमा डोऱ्याउनुहोस् । [एफिसी ५:२२-३३]


६. बच्चाहरू जन्माउनुहोस् । [भजन संग्रह १२७:३]


७. आफ्ना बच्चाहरूलाई प्रभुको पालनपोषण, तालिम र निर्देशनमा हुर्काऊनुहोस् । [उत्पत्ति १८:१९]


८. नयाँ सीप सिक्नुहोस् र यसलाई आफ्ना मानिसहरूको सेवामा प्रयोग गर्नुहोस् । [प्रस्थान ३६:१-२]


९. तपाईंका भावी छोरा/बुहारीहरू र तपाईंका भावी नातिनातिनाहरूको लागि प्रार्थना गर्नुहोस् । [अय्यूब १:५]


यसकारण लेखिएको छ,

“तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।' [मर्कुस १२:३०]


फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।” [उत्पत्ति २:१८]


“पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।” [हितोपदेश १८:२२]


“एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्।

यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। । तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा! 

त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने? 

एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।” [उपदेशक ४:९-१२]


“किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु...।” [उत्पत्ति १८:१९]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...