Friday, January 2, 2026

नयाँ सालमा के गर्ने र के नगर्ने




२०२६ मा तपाईं... 

१. मिश्रमा फर्किनु हुनेछैन, 

२. लाल समुद्रमा डुब्नू हुनेछैन, 

३. दैत्यहरूको अगाडि आत्मसमर्पण गर्नु हुनेछैन, 

४. ईजेबेलको कुरा सुन्नु हुनेछैन, 

५. बेबिलोनमा झुक्नु हुनेछैन, 

६. फरिसीहरूलाई विश्वास गर्नु हुनेछैन, 

७. सत्यलाई आत्मसमर्पण गर्नु हुनेछैन, 

८. ज्योतिलाई लुकाउनु हुनेछैन, 

९. आत्मालाई निभाउनु हुनेछैन, 

१०. यस संसारको अनुरूप हुनुहुनेछैन,

११. तपाईं असफल वा केबल बाँच्नको निम्ति मात्रै संघर्षरत हुनुहुनेछैन ।


बरु २०२६ मा तपाईं... 

१२. हनोक जस्तै परमेश्वरसँग हिंड्नु होस् ! 

१३. याकूब जस्तै आफ्नो आशिषको लागि लड्नु होस् ! 

१४. कालेब जस्तै आफ्नो पहाड जित्नु होस् ! 

१५. एलीशा जस्तै खास्टो बोक्नु होस् ! 

१६. नहेम्याह जस्तै भाँचिएकोलाई पुनर्निर्माण गर्नु होस् ! 

१७. यर्मिया जस्तै पीडाको लागि रुनु होस् ! 

१८. लाजरसकी दिदि मरियम जस्तै आफ्नो उत्तम कुरा खन्याउनु होस् ! 

१९. बप्तिस्मा दिने यूहन्ना जस्तै पश्चात्तापको प्रचार गर्नु होस् ! 

२०. पत्रुस जस्तै सत्य बोल्नु होस् ! 

२१. पावल जस्तै जहाज दुर्घटनाहरूमाथि विजय प्राप्त गर्नु होस् !

२२. र सबैभन्दा माथि, येशू जस्तै जीवन जीउने, नेतृत्व र प्रेम गर्नु होस् ! 


यसकारण लेखिएको छ,

“अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं।” [रोमी १५:४]


“यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं। 

हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।” [हिब्रू १२:१-२]


“सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।” [२ तिमोथी ३:१६-१७]


“यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्त्य आइसकेको छ। 

यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ।” [१ कोरिन्थी १०:११-१२]


“तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो?” [गलाती ५:७]


“किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। 

संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।” [१ यूहन्ना ५:४-५]


“तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” [१ कोरिन्थी १५:५७]


Source :

https://www.facebook.com/100044618461053/posts/1443476760482926/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...