Wednesday, December 10, 2025

अध्ययन तथा लेखन संस्कारको विकास गरौ

 


1. लेखाईको शुरुवात लेखाईबाटै हुन्छ ।

2. लेखक पहिला राम्रो पाठक बन्नुपर्छ । (१० कृति)

3. लेखन पनि एउटा ठूलो सेवा हो । (पावल)

4. आत्मिक तथा लेखन अनुशासन चाहिन्छ ।

5. यो निरन्तर साधना, तपस्या र मेहेनत पछि मात्रै जन्मन्छ ।


6. इतिहास रट्ने कि रच्ने छनोट गर्ने स्वतन्त्रता सबैलाई छ ।

7. लेख वा कृति जब सार्वजनिक गरिन्छ, त्यो कृति सबै पाठकको बन्दछ ।

8. लेखक स्थानीयबाट एक्कैचोटी राष्ट्रिय र अन्तराष्ट्रिय बन्दछ ।

9. लेखन क्षेत्रमा गरिएको लगानी कहिले खेर जाँदैन ।

10. लेखकको एउटा कविता वा लेखले एक्कैचोटी लाखौं मान्छेलाई छुन सक्छ ।


11. छुन्छ भने साहित्य हुन्छ, छुदैन भने कागजी खोस्टा हुन्छ ।

12. पुस्तकले पुस्तालाई परिवर्तन गर्दछ ।

13. हाम्रो कृतिले क्षणिक भन्दा पछि अनन्त आशिष् ल्याउने, अध्यारोबाट उज्यालो र संसारबाट स्वर्गतिर डोऱ्याउने कृति हुनुपर्छ ।

14. जहा काल चेतना, प्रति चेतना, जीवन चेतना र आत्मिक चेतनाले भरिएको हुनुपर्छ । सरल मिठो र छोटो लेख हुनुपर्छ ।

15. पुस्तकको महत्व बुझ्‌ने र अध्ययनशील मान्छेले पहिला विषयसूची हेर्छन्, अनि पढ्न मन नगर्नेले मूल्य सूची हेर्छन् ।


16. पुस्तक अध्ययनको संस्कार विकास गर्नुमा लेखकको योगदान हुन्छ ।

17. लिखित कुराको आयु तपाईंको आयु भन्दा पनि लामो हुन्छ । मृत्युपछि पनि लेखक आफ्‌नो पुस्तक, लेख वा भनाईवाट पनि बाँचिरहेको हुन्छ ।


प्रस्तोता : 

- समय कुमार रम्तेल (लेखक, शिक्षक र सेवक)



नयाँ पुस्तक लेखकका मुख्य चुनौतीहरू :

1. विषय छनोटमा अनिश्चितता

2. लेखनको नियमितता र अनुशासन कायम गर्न कठिन

3. आत्मविश्वासको अभाव र अस्वीकृतिको डर

4. अध्ययन-अनुसन्धान कम हुनु

5. समय व्यवस्थापनमा समस्या

6. पहिलो मसौदा कमजोर हुँदा निराशा

7. सम्पादन र भाषा परिष्कारको कठिनाइ

8. उचित प्रकाशक चयनमा अनिश्चितता

9. आर्थिक बोझ (छपाइ, डिजाइन, मार्केटिङ)

10. पुस्तक प्रचार-प्रसारमा अनुभवको अभाव

11. समीक्षा र आलोचनाको भय

13. दीर्घकालीन प्रेरणा जोगाइराख्न कठिन


पुस्तक लेखन र प्रकाशन प्रक्रिया :

1. विषय छनोट : पाठक र उद्देश्यअनुसार केन्द्रित विषय छान्नु। भर्जिन विषय, सर्ने, नखिएको

2. अनुसन्धान : तथ्य, उद्धरण, सन्दर्भ र सामग्री संकलन गर्नु।

3. रूपरेखा (Outline) तयार गर्नु

अध्याय, शीर्षक, उपशीर्षक र मुख्य बुँदा निर्धारण।

4. पहिलो मसौदा नेखन (Draft Writing)

 - विचारलाई बिना रोकावट लेख्ने; शैली प्रवाहमा ध्यान।

5. पुनर्नेखन (Revision): संरचना, प्रवाह, वाक्य र शैली सुधार्ने।

6. सम्पादन (Editing)

 - भाषिक सम्पादनः व्याकरण, वर्तनी, शैली सामग्री सम्पादनः तथ्य, उदाहरण, उद्धरण

 - संरचनात्मक सम्पादनः अध्याय क्रम र सन्तुलन

7. अन्तिम मसौदा तयार गर्नु (Final Manuscript)

 - शीर्षक, प्रस्तावना, विषयसूची, अन्तिम टाइपसेट, ISBN

8. प्रकाशन (Publishing)

 - परम्परागत वा self-publishing

 - कभर डिजाइन, प्रिन्टिङ, डिजिटन संस्करण

9. प्रचार-प्रसार (Marketing & Promotion)

 - सामाजिक सञ्जान, पुस्तक विमोचन, सेमिनार, समीक्षा

10. वितरण (Distribution)

 - भौतिकः पुस्तक पसल, कलेज, चर्च

 - डिजिटल: ईबुक, वेबसाइट, अनलाइन स्टोर

 - प्रत्यक्ष बिक्रीः कार्यक्रम, सेमिनार, व्यक्तिगत बिक्री


* यी सबै प्रस्तुतिहरू नयाँ लेखकहरू प्रति समर्पित छ !

































No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...