Thursday, December 11, 2025

किताब पढ्नुका फाइदाहरू

 



१. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मानव देखिन थाल्छन !

२. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्दहरू हुन भनेर तपाईंले बुझ्नुहुन्छ !

३. तपाईंले अन्ततः बुझ्नुहुन्छ कि चोरहरूले किन चोरी गर्छन ! 

४. यदि कसैले गल्ती गर्छ भने, तपाईंले तिनीहरूलाई माफ गर्ने साहस पाउनुहुन्छ ! 

५. कहिले बोल्ने र कहिले चुप लाग्ने भनेर तपाईंले बुझ्नुहुन्छ ! 


६. तपाईंले आमाबाबुको मूल्य बुझ्नुहुन्छ ! 

७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन्, बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९. तपाईंले प्रेम र वासना बीचको भिन्नता बुझ्नुहुन्छ ! 

१०.  तपाईंले स्वास्थ्य सबैभन्दा बहुमूल्य सम्पत्ति हो भन्ने बुझ्नुहुन्छ ! 


११. किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११. करोडौं सम्पत्ति हुनेहरू गरिब हुन्छन् र दैनिक १०० - २०० रुपैयाँ कमाउनेहरू सम्पन्न हुन्छन् भन्ने रहस्य बुझ्नुहुन्छ ! 

१२. जीवनमा शिक्षाको महत्त्व बुझिन्छ ! 

१३. चलचित्रमा अभिनय गर्ने कलाकारहरू सबैले देख्छन्, तर वास्तविक जीवनमा धेरै मानिसहरूले उनीहरू भन्दा राम्रो अभिनय गर्छन् ! यो तथ्य धेरै किताब पढ्ने अनुभवी व्यक्तिहरूले मात्र चिन्न सक्छन् ! 

१४. धेरै किताब पढ्ने मानिसहरूलाई एउटै जात मात्र थाहा हुन्छ, त्यो हो - मानवता ! 

१५. पराजित मानिसहरूलाई प्रेरित गरेर, तिनीहरू फेरि जित्न सक्छन्, याे कुरा अध्ययनशील मानिसहरूलाई यो थाहा हुन्छ ! 


१६. यस पृथ्वीमा, १ प्रतिशत मानिसहरू असल छन् र १ प्रतिशत मानिसहरू खराब छन् ! तीमध्ये बाँकी ९८ प्रतिशत केवल तिनीहरूका अनुयायी हुन ! कोही मानिसहरू असल मानिसहरूको नक्कल गरेर असल बन्छन् र कोही मानिसहरू खराब मानिसहरूको पछि लागेर खराब बन्छन् ! यो तथ्य अध्ययनशील मानिसहरूलाई थाहा छ ! 

१७. अध्ययनशील मानिसहरूले अरूमाथि हिलो फ्याँक्दैनन्, तर समय-समयमा आफ्नो चस्मा सफा गर्छन् !


* किताब पढ्नेहरूकाे जिन्दगीमा माथिका कुराहरू परिवर्तन आउँछन ।

* किताब पढ्नाले जीवन, मूल्यमान्यता र मानव प्रकृति बुझ्ने सहज हुनेछ ।


* के तपाईंसँग पनि किताबहरू पढ्ने बानी छ ?


Sources :

1. https://www.linkedin.com/posts/naresh-bk-7928b588_benefits-of-reading-books-1-people-start-activity-7367238128727724033-ZjSa

2. https://www.facebook.com/groups/httpswww.facebook.comtukupuedujanaboli/permalink/2166418433519827/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...