Thursday, August 7, 2025

स्मिथ विगल्सवर्थ र पत्नीसँगकाे झगडा

 


 येशू ख्रीष्टमाथि विश्वास गरेको शुरूवाती समयमा स्मिथ विगल्सवर्थ आफ्नाे निजी काममा निकै व्यस्त हुने गर्थे । यसैले उनी आफ्नाे आत्मिक जीवनकाे बारेमा त्यति ध्यान दिँदैन थिए ।


तर तिनका पत्नी मेरी जेन फेदरस्टोन निकै आत्मिक थिईन । उनी आत्मिक जीवनकाे निम्ति निकै समय दिन्थिन । प्रायः मण्डलीमा प्रार्थना गर्न सधै जाने गर्थिन र कहिलेकाहीँ त प्रार्थना गर्दागर्दै निकै अबेर हुन्थ्यो ।


तर उनका पति भने त्यस कुरादेखि त्यति खुशी थिएनन । किनकि उनी दिनभरि काम गरेर आउँथे तर घरमा पत्नी सधैं अबेर आउने गर्थिन ।


एकदिन आफ्नी पत्नीलाई ठिक पार्ने भनेर रिसले आगाे भएर घरकाे मुल ढाेकामा नै पर्खेर बसे । पत्नी त्यस साँझपनि अलि अबेर नै घर फर्किन ।


पति रिसले आगाे भएर पत्नीलाई भने, “म तिम्रो ‘पति’ हुँ ! के याे तिमीलाई थाहा छैन ?”


तब पत्नीले नम्र हुँदै भनिन, “तपाईं मेरो ‘पति’ त हुनुहुन्छ, तर येशू ख्रीष्ट मेरो ‘प्रभु’ हुनुहुन्छ !”


याे जवाफ सुनेर स्मिथ झनै रिसले आगाे भएर आफ्नाे घरकाे मुल ढाेका ड्याम्म बन्द गरिदिए ।


तर उनकाे घरमा भित्र प्रवेश गर्न दुईवटा ढाेका थिए । यसकारण उनकी पत्नी पछाडिको अर्काे ढाेेकादेखि भित्र पसिन, तब पति पनि भित्रै थिए । तब तिनीहरूले एकअर्कालाई हेरेर केही समय नबाेली बसिरहे । हेर्दाहेर्दै तिनीहरूको रिस पनि शान्त भयाे र केही समयपछि एकअर्कालाई हेर्दै हाँस्न लागे । पहिले रिसले गुन्जीएकाे घर, अहिले हाँसोले गुन्जीरहेकाे थियोे ।


पतिले आफ्नाे गल्ती महशुस गरे र त्यस रातभरि पति र पत्नी आफ्नाे व्यक्तिगत जीवन र एकअर्काको निम्ति निकै लामो समयसम्म प्रार्थना गरे । याे प्रार्थना सिलसिला तिनीहरूको निरन्तर चलिरह्याे ।


परमेश्वर तिनीहरूको जीवनमा आशिष दिन थाल्नुभयाे । केही समयपछि पतिले परमेश्वरकाे सेवाकाे निम्ति बाेलावट पाए र आफ्नाे निजी कामलाई छाेडेर पुर्णतया परमेश्वरकाे सेवामा समर्पित भए ।


एकपटक स्मिथ विगलस्वर्थले आफ्नी पत्नी मेरी जेन फेदरस्टोनको बारेमा भनेका थिए, “आज म परमेश्वरको अधीनमा जे छु, त्यो सबै मेरी बहुमूल्य पत्नीको कारणले हो । ओह, उनी निकै सुन्दर छिन !”


[स्मिथ विगल्सवर्थ (८ जुन १८५९ - १२ मार्च १९४७) एक ब्रिटिश प्रचारक थिए । जाे आफ्नाे परिवारको गरिबीको कारण काममा जानुपरेकोले बाल्यकालमा कहिल्यै स्कुल जान पाएनन । यसकारण उनी अनपढ थिए । तर विवाह गरेपछि तिनी पढ्न थाले, बिशेषगरि उनको जीवन परिवर्तन भएपछि । उनले बाइबल पढ्न शुरू गर्नु नै उनको पहिलो पढाइ थियो । उनले जीवन भर बाइबल बाहेक अरू कुनै किताब पढेनन । भनिन्छ, उनकाे घरमा बाइबल बाहेक अरू कुनै पुस्तकलाई समेत स्थान दिईदैन थियोे ।

उनले अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, स्वीडेन, प्रशान्त टापु, भारत, सिलोन लगायत युरोपका धेरै देशहरूमा प्रचार गरे । उनको प्रचार सुनेर हजारौं मानिसहरूले येशू ख्रीष्टलाई उद्दारकर्ता र प्रभु भनी ग्रहण गरे । साथमा परमेश्वर उनलाई आश्चार्य काम गर्ने बरदान पनि दिनुभएको थियोे, जसद्दारा हजारौं मानिसहरूले असम्भव भनिएका राेगहरूदेखि चंगाई पाएका थिए ।]


* के तपाईं पनि त्याे जीवित परमेश्वरकाे सेवा गर्न चाहानुहुन्छ, जसले हामीलाई पवित्र आत्माको फल र वरदान दिनुहुन्छ ?



Source :



Other Story's :

1. https://www.facebook.com/100063837275839/posts/pfbid0p7cKhLZJAyiAYRyU2fBt7Mzdm8MW1A8fSCegbLJZDmKdygn2tgRZpp7sVfPb8gpAl/?app=fbl
2. https://www.facebook.com/groups/611189002351773/permalink/3464072633730048/?app=fbl
3. https://www.facebook.com/100063907749028/posts/pfbid0w2JUeAKWCdvqLK67gLAtwTAXbUP838o9kRwsEooRL88WNLNZNFrX5Uif6fm9FLSBl/?app=fbl
4. https://www.facebook.com/100063907749028/posts/pfbid04JWUbfPGsKbioYkJjbL7jd9tKYnvm3HpCX5Euu153nRkJFd48y8WWnHV9EruaTrVl/?app=fbl
5. https://www.facebook.com/100057854556274/posts/pfbid0pgowWBdtEbYcWNs41SzaUBjCenwGon9NUUt9VbeFK6oAwfbmsuWVRK5MdURB7cQ7l/?app=fbl
6. https://www.facebook.com/100063837275839/posts/pfbid02yUPDdqyER36mFkQJpnJ49qob12iAs2SAakeBV872CiVgR1mQxxQV2aEohk33UmHHl/?app=fbl
7. https://www.facebook.com/100081469874151/posts/pfbid0Bu4XxkhvEW7ANcGSjLxmJbgN5sjJ4AHzyZxaEgHYzteCd6oS1Vhe31kVUSN3TNB2l/?app=fbl
8. https://www.facebook.com/61550734447649/posts/pfbid07WVYeLRGCfvddJYFrB7h527zdSoXeaYR9iZJ75Pbc4rDDFuTN8NmqkdnEcfceV4zl/?app=fbl
9. https://www.facebook.com/100081469874151/posts/pfbid0Bu4XxkhvEW7ANcGSjLxmJbgN5sjJ4AHzyZxaEgHYzteCd6oS1Vhe31kVUSN3TNB2l/?app=fbl

10. https://www.facebook.com/groups/123755984449068/permalink/3189146977909938/?app=fbl





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...