Friday, August 8, 2025

स्मिथ विगलस्वर्थ र परमेश्वरकाे अगाडि टुटेको भाँडो




 आफ्नो आश्चार्यकामकाे सेवाको बारेमा सोच्दै स्मिथ विगलस्वर्थले एक पटक भनेका थिए, “परमेश्वरले मलाई यो ठाउँमा ल्याउनु अघि, उहाँले मलाई हजार पटक टाेड्नुभएको थियो ।” उनले थप विस्तार गर्दै भने, “म टाेडिएकाे छु, टाेडिएकाे छु, टाेडिएकाे छु । मेरो हृदय टुटेकाे छ, मेरो आत्मा टुटेकाे छ, मेरो इच्छा टुटेकाे छ, जबसम्म जिद्दी माटो मालिक कुमालेको हातमा झुक्दैन ।”


हामी स्मिथ विगलस्वर्थकाे आश्चार्यकामहरूकाे बारेमा मात्र सुन्छौं, तर एक युवतीसँगको अनुचित व्यवहारको आरोपको बारेमा सुन्दैनौं जसले आफ्नो सेवकाई सुरु हुनुभन्दा पहिले नै लगभग समाप्त गरिसकेकी थिइन । हामी स्मिथ विगलस्वर्थकाे साथीहरूबाट एक्लोपनको बारेमा सुन्दैनौं, जो एक निरक्षर प्लम्बरमाथि परमेश्वरको हात स्वीकार गर्न हिचकिचाउँछन ।


स्मिथ विगलस्वर्थ विश्वासका एक नायक थिए, जो अथक विश्वासमा अघि बढिरहेका थिए । यद्यपि, उनलाई राम्ररी चिन्नेहरूले सम्झन्छन कि उनको शान्त समयमा परमेश्वरको उपस्थितिमा उहाँको अनुहारमा आँसु कति छिटो झर्थ्यो । महिमा र शक्तिको गवाहीको लागि उहाँले चुकाउनुभएको डरलाग्दो मूल्य, जुन केवल केही मानिसहरूले मात्र परमेश्वरको कठाेर हातको लिहीमा टाेडिएको थियो ।


शत्रुले हामीलाई कुल्चने प्रयास गर्नु एउटा कुरा हो, तर हाम्रो जीवनमा उसको दुष्ट रणनीतिहरू विरुद्ध लड्न र परमेश्वरको सहयोगले जित्न सक्नेछाैँ । तर त्यसपछि परमेश्वरले ल्याउने विश्राम या टाेडफाेड छ, जस्तै याकूब, जो याब्बोक नदिबाट लङ्गडाउँदै गए, नयाँ नामको साथ एक फरक मानिस । उनले लङ्गडाउने कुरा आफ्नो बाँकी जीवनको लागि सम्झनाको रूपमा  थियोे र इस्राएलीहरूले शुद्ध जनावरको तिघ्राको नसा अहिलेसम्म पनि खाँदैनन, किनभने यो त्यही नसा थियो जुन स्वर्गदूतले छोएका थिए । अब कुर्कुच्चा समात्ने याकूब, राष्ट्रहरूको राजकुमार “इस्राएल” बने ।


धेरैले त्यो टुट्ने परिस्थितिलाई प्रतिरोध गर्छन, तर हामीले बुझ्नुपर्छ कि हाम्रो जीवन हाम्रो नियन्त्रणमा छैन । यो परमेश्वरको हो र उहाँ हामीसँग धेरै दयालु, मायालु र धैर्यवान हुनुहुन्छ । यद्यपि, हामीलाई उहाँको बारेमा एउटा कुरा थाहा छ कि हामीले आफूलाई उहाँमा समर्पित गरेपछि उहाँले अस्वीकार स्वीकार गर्नुहुन्न । हामी यति मात्र भन्न सक्छाैँ, “हे परमेश्वर, म आत्मसमर्पण गर्छु । मलाई तोड्नुहोस । यदि तपाईंले मलाई उपयुक्त देख्नुभए अनुसार प्रयोग गर्नको लागि मलाई तोड्नु आवश्यक छ भने, मेरो जीवनमा तपाईंको हात भारी हुन दिनुहोस र म यसलाई स्वीकार गर्नेछु ।”

 

हामीले स्वर्गमा परमेश्वर कहाँ जाँदा याे आवाज सुन्न सकाैँ, “स्याबास, असल र विश्वासी दास !” याे बाहेक अरू सबै कुरा नगण्य धुलो मात्र हो । हामीलाई थाहा छ, परमेश्वर पिताले अझ धेरै गर्ने उद्देश्य राख्नुभएको छ, र परमेश्वरले अझै हामीसँग काम सक्नुभएको छैन । हामीलाई अनुग्रह दिनुहोस ताकि तपाईंले पहिलेदेखि हाम्रो अगाडि राख्नुभएको कचौरा पिउन सकाैँ, ताकि संसारले हाम्रो जीवनबाट येशूको नाममा तपाईंको पुनरूत्थान शक्ति देखाउन सकून !


* के तपाईं पनि परमेश्वरकाे हातमा टाेडिएकाे र परमश्वरलाई महिमा दिने भाँडो बन्नुहुनेछ ?


यसकारण लेखिएको छ,

“मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन, म त फुटेको भाँड़ाजस्तै भएको छु।” [भजनसंग्रह ३१:१२]


“चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” [भजनसंग्रह ३४:१८]


“तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।” [भजनसंग्रह ५१:१७]


“उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।” [भजनसंग्रह १४७:३]


“सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ। 

हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं। 

सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं। 

येशूको जीवन हाम्रा शरीरमा प्रकट होस भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्छौं।” [२ कोरिन्थी ४:७-१०]


 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” [याकूब ४:६]


तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। 

यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।  [२ कोरिन्थी १२:९-१०]


यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: 

“तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।” 

यसैले म तल कुमालेको घरमा गएँ। त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखें। 

तर त्यसले बनाइरहेको माटोको भाँड़ो त्यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो। 

तब परमप्रभुको यो वचन मकहाँ आयो: 

“हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस।” [यर्मिया १८:१-६]


Source :

1. https://www.facebook.com/groups/409590496479392/permalink/2026950681410024/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...