१९२० को दशकको सुरुतिर एक प्रार्थना सभामा स्मिथ विगल्सवर्थले प्रार्थना गर्न थाले, तब मानिसहरू कोठाबाट बाहिर निस्कन हात र घुँडा टेकेर घिस्रिन थाले । परमप्रभुको महिमा यति बलियो थियो कि तिनीहरू हिँड्न सक्दैनथे, तिनीहरू पवित्रस्थानबाट बाहिर निस्कनु पर्थ्यो । परमेश्वरकाे महिमा सम्हाल्न धेरै गाह्रो थियो । परमेश्वरको सामर्थ्य यति बलियो थियो कि कहिलेकाहीँ सास फेर्न पनि सकिदैनथ्यो । जस्तो कि पुरानो करारको मन्दिरमा परमेश्वरकाे महिमाले कोठालाई बादल जस्तै भर्थ्यो । संगीतकारहरूले आफ्ना वाद्ययन्त्रहरू बजाउन सक्दैनथे र केवल दण्डवत गर्थे र त्यहाँ सबै रूवाई, विलाप र पीडा मात्र हुन्थ्यो । जहाँ यहोवा परमेश्वर आउनुहुन्छ र भयानक, राजसी तरिकाले आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
स्मिथ विग्लेसवर्थ एक ब्रिटिश प्रचारक थिए, जो आफ्नो अटल विश्वास, चंगाई सेवा र प्रारम्भिक पेन्टेकोस्टल जागृतिको समयमा शक्तिशाली प्रचारको लागि परिचित थिए । गरिबीमा जन्मेका र धेरै हदसम्म अशिक्षित, तापनि उनले १९०७ मा पवित्र आत्मामा बप्तिस्मा लिएर अन्य भाषाहरूमा बोल्न थालेपछि गहिरो आत्मिक अनुभव नभएसम्म प्लम्बरको रूपमा काम गरे । त्यस समयदेखि, उनले चिन्ह र आश्चर्यकर्महरू सहित सुसमाचार प्रचार गर्दै अन्तर्राष्ट्रिय यात्रा गरे । निको पार्ने, छुटकारा पाउने, र मृतकहरू बौरिउठ्ने अनगिन्ती घटनाहरू पवित्र आत्माको सामर्थ्यकाे प्रमाणहरू थियोे । विग्लेसवर्थले शुद्धता, प्रार्थना र परमेश्वरमा साहसी विश्वासलाई जोड दिए । प्रायः आश्चर्यकर्महरू निस्सन्देह विश्वास गर्ने प्राकृतिक परिणाम हुन भनेर घोषणा गरे । वचन र पवित्र आत्माप्रतिको उनको प्रतिबद्धताले एक स्थायी छाप छोड्यो, जुन आज पनि विश्वासीहरूलाई प्रेरित गर्दछ ।
स्मिथ विगलस्वर्थले आफ्नो सेवकाई वक्तृत्वकला वा आधुनिक रणनीतिहरूमा निर्माण गरेनन । तर उनले यसलाई प्रार्थना, शुद्धता र पवित्र आत्माको शक्तिमा निर्माण गरे । उनी टुटेफुटेको अंग्रेजी बोल्ने मानिस थिए, तर उनीसँग अटुट विश्वास थियोे । उनले भूतहरू धपाए, बिरामीहरूलाई निको पारे र मरेकाहरूलाई जीवित पारे किनभने उनी प्रशिक्षित भएका थिएनन, तर उनी परमेश्वरमा समर्पित भएका थिए । उनले प्रायः भन्थे, “म शरीरमा सुरु गर्छु... तर आत्मामा अन्त्य गर्छु ।” किनभने उनले बुझे कि परमेश्वरले भावनामा प्रतिक्रिया दिनुहुन्न, तर उहाँले भोकमा प्रतिक्रिया दिनुहुन्छ ।
उनले घण्टौंसम्म अन्य भाषाहरूमा प्रार्थना गर्थे । उनले रोगलाई पाप जस्तै गरी हप्काए । पवित्र आत्माले नयाँ भरिपूर्ण नभई एक दिन पनि बाँच्न उनले अस्वीकार गरे । उनी यस कुरामा स्पष्ट थिए,
1. यदि तपाईंले गोप्य स्थानलाई बेवास्ता गर्नुभयो भने तपाईं ईश्वरीय शक्तिमा हिंड्न सक्नुहुन्न ।
2. यदि तपाईंको निजी वेदी चिसो छ भने तपाईं सार्वजनिक आगो बोक्न सक्नुहुन्न ।
3. आकस्मिक प्रार्थना जीवनले तपाईं असम्भवलाई पार गर्न सक्नुहुन्न ।
4. यदि यो पुस्ताले प्रेरितीय शक्ति चाहन्छ भने, हामी प्रेरितीय प्रार्थनामा फर्कनु पर्छ । किनभने जागृति प्रतिभाशालीहरूमा आउँदैन, यो टाेडिएकाे, समर्पित र आफैंलाई इन्कार गरिएकाहरूमा आउँछ ।
5. यदि तपाईं अधिकारमा हिँड्न चाहनुहुन्छ भने, गुप्त ठाउँमा परमेश्वरको सामु निहुरिएर बस्नुहाेस । जलिरहनुहोस वा शक्तिहीन रहनुहोस ।
6. सबैभन्दा बढी घुँडा टेक्ने मानिस सबैभन्दा राम्रोसँग उभिन सक्छ ।
* हे पवित्र जनहरू, यो महिमा कहाँ गयो ? येशूले भन्नुभयो कि हामी उहाँभन्दा ठूला कामहरू गर्नेछौं ! स्मिथ विग्लेसवर्थका परमेश्वर अझै पनि यहाँ हुनुहुन्छ । हाम्रो बीचमा यस्तो महिमामय परमेश्वर हुँदा हाम्रा मण्डलीहरू कसरी सुत्न सक्छन !
यसकारण लेखिएको छ,
“तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
अनि मोशा भेट हुने पालमा पस्न सकेनन, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।” [प्रस्थान ४०:३४-३५]
“जब पूजाहारीहरू पवित्रस्थानबाट बाहिर आए, तब परमप्रभुको मन्दिर बादलले भरियो।
अनि पूजाहारीहरूले त्यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन, किनभने परमप्रभुको महिमाले मन्दिर भरिएको थियो।” [१ राजा ८:१०-११]
“जब सोलोमनले यो प्रार्थना गरिसके तब स्वर्गबाट आगो झर्यो, र आगोले होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो।
परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएकोले गर्दा पूजाहारीहरू त्यसभित्र पस्न सकेनन।
आगो झरिरहेको र परमप्रभुको महिमा मन्दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्मै घोप्टो परेर दण्डवत गर्दै यसो भनेर परमप्रभुलाई धन्यवाद दिए, ‘परमप्रभु भला हुनुहुन्छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।’
तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्ने बलिदान चढ़ाए।” [२ इतिहास ७:२-४]
तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस।”
उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।”
अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।” [प्रस्थान ३३:१८-२०]
“जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो।
तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, ‘शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?’
...तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए।” [प्रेरित ९:३-८]
“जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें...।” [प्रकाश १:१७]
Source :
https://spiritualgrowth2022.blogspot.com/2025/08/blog-post_5.html
Sources :
1. https://en.m.wikipedia.org/wiki/Smith_Wigglesworth
2. https://healingfromjesus.wordpress.com/2018/01/30/healing-lesson-from-smith-wigglesworth/
3. https://healingandrevival.com/BioSWigglesworth.htm
4. https://www.inspirationalchristians.org/evangelists/smith-wigglesworth/
5. https://www.christianity.com/wiki/people/evangelist-smith-wigglesworth.html
7. https://www.facebook.com/groups/123755984449068/permalink/2974807349343903/?app=fbl

No comments:
Post a Comment