चार्ल्स फिन्नीलाई एक महिलाको ओछ्यानमा प्रार्थना गर्न बोलाइयो, जो मद्यपानबाट बिरामी थिईन । उनका पति विश्वव्यापीवादी* थिए र उनले उनलाई पनि विश्वव्यापीवादी हुन सिकाएका थिए, तर चार्ल्सका शब्दहरू र प्रार्थनाहरू सुनेर, उनले विश्वव्यापीवादलाई अस्वीकार गरिन र येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरिन ।
उनका पति यति क्रोधित भए कि उनले चार्ल्सको अर्को सभामा उनलाई मार्ने योजना बनाउँदै बन्दुक लिएर गए । प्रवचनका बीचमा, ती मानिस आफ्नो सिटबाट भुँईमा झरे, र कराउँदै कराउँदै भने कि उनी नरकमा जाँदैछन । सभापछि, त्यो मानिसका साथीहरूले उसलाई घर फर्कन मद्दत गरे ।
भोलिपल्ट चार्ल्स सडकमा हिंँड्दै गर्दा, त्यो मानिसले उनलाई भेट्न गए र अभिवादन पनि गरे । उनले चार्ल्सलाई आफ्नो अंगालोमा लिएर हावामा घुमाए । सुसमाचारको सबै विरोध उनीबाट हटिसकेको थियो र उनले परमेश्वरसँग मेल भएको थियोे ।
[* याे ख्रीष्टियन युनिभरलिस्ट अर्थात विश्वव्यापीवादीहरूले विश्वास गर्छ कि सबैजना स्वर्गमा पूर्वनिर्धारित छन, कोही पनि नरकमा पूर्वनिर्धारित छैनन, सबैजना ख्रीष्टको जोशद्वारा मुक्ति पाउँछन, पाप बाहेक कोही पनि मण्डलीबाट बहिष्कृत छैनन, र सबैजना या त अरूलाई प्रेम गरेर स्वर्गमा जान वा पापद्वारा परमेश्वरलाई अस्वीकार गरेर नरकमा जान सक्छन । ख्रीष्टियन विश्वव्यापीवादीहरू नर्क अवस्थित छ कि छैन भन्ने कुरामा असहमत छन । यद्यपि, तिनीहरू सहमत छन कि यदि यो अवस्थित छ भने, त्यहाँको दण्ड सुधारात्मक र उपचारात्मक छ र सधैंभरि रहँदैन ।]
Sources :
1. https://www.facebook.com/100081469874151/posts/pfbid07ABDPzZUecjhKMn392RC38JZ4NX8fh15vy9Kf9hpABi89phZbbWuZvvA4jsCQ2Ucl/?app=fbl
2. https://en.m.wikipedia.org/wiki/Universalism
3. https://en.m.wikipedia.org/wiki/Christian_universalism

No comments:
Post a Comment