Wednesday, August 20, 2025

जोन वेस्ली र डाँका

 



 एक रात अबेर, जोन वेस्ली हाउन्सलो हीथ राजमार्ग पार गर्दै र भजन गाउँदै थिए, तब कसैले उनको घोडाको लगाम समातेर करायो, “रोक !” 


त्यसपछि त्यो मानिसले भन्यो, “तिम्रो पैसा वा तिम्रो जीवन ?” 


तब वेस्लीले आफूसँग भएको थोरै पैसाको खल्ती खाली गरे, त्यसपछि लुटेरालाई किताबहरूले भरिएका आफ्ना काठी झोलाहरू देखाए ।


लुटेरा जानै लाग्दा वेस्लीले भन्यो, “रोक ! मसँग तिमीलाई दिन अझै केही छ ।” 


त्याे डाँका वेस्लीतिर फर्कियो र वेस्लीले भने, “मेरो साथी, तिमीले यस्तो जीवन बिताएकोमा एकदिन पछुताउन सक्छौ । यदि तिमीले कहिल्यै पछुतो मान्यौ भने, म तिमीलाई यो सम्झन बिन्ती गर्दछु, परमेश्वरको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।” त्याे कुरा सुनेपछि डाँका हतार हतार आफ्नो बाटो गयाे ।


धेरै वर्ष पछि, मानिसहरू वृद्ध वेस्लीलाई स्वागत गर्न भेला भएका थिए, जसले भर्खरै उनीहरूको साँझको मण्डली सेवामा प्रचार गरेका थिए । विशेष गरी एक जना मानिस उनीसँग कुरा गर्न चाहन्थे । वेस्लीले पत्ता लगाए कि ती व्यक्ति धेरै वर्ष पहिले हाउन्सलो हीथको राजमार्गमा भेटिएका लुटेरा थिए । तर अहिले उनी एक ख्रीष्टियन बनेका थिए र अब एक सफल व्यापारी बनेका थिए । उनले वेस्लीको हात आफ्नो ओठमा उठाए, चुम्बन गरे र भने, 

“प्रिय महोदय, म यो सबैको ऋणी छु ।”


वेस्लीले नम्रतापुर्वक जवाफ दिए, “होइन, होइन, मेरो साथी, मलाई होईन, तर येशू ख्रीष्टको बहुमूल्य रगतको लागि जसले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।”


* के तपाईंले येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा आफ्नो पाप सफा गर्नुभयो ?


* के तपाईंले पनि कसैलाई परमेश्वरकाे वचन बताउँदा कुनै परिणाम पाउनुभएको छैन ? कहिलेकाहीँ हामीले तुरुन्तै परिणाम चाहन्छौं र प्रायः यो हुँदैन । अनि हामी परिणामहरू देख्दैनौं र हामी धेरै परिणाममुखी छौं, त्यसैले हामी प्रायः ख्रीष्टको बारेमा वचन बोल्नबाट टाढा रहन्छौं जसले मानिसहरूलाई देख्न मद्दत गर्न सक्छ । हामीले बोल्नु पर्छ, बीउ रोप्नु पर्छ र परिणामहरू परमेश्वर र उहाँको समयमा छोड्नु पर्छ ।


यसकारण लेखिएको छ,

“यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ।” [१ तिमोथी १:१५]


“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” [रोमी ५:८]


“यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। 

यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। 

यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।” [१ यूहन्ना १:८-१०]


“मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो। 

यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।” [१ कोरिन्थी ३:६-७]


Sources :

1. https://crosspointe.cc/let-there-be-light/

2. http://hotsermons.com/sermon-illustrations/sermon-illustrations-evangelism

3. https://www.facebook.com/groups/941437796302821/permalink/2132441080535814/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...