Tuesday, August 19, 2025

जोन वेस्लीले देखेको सपना

 



 मण्डलीमा सम्प्रदायहरूको उदयको बारेमा धेरै चिन्तित भएर, जोन वेस्लीले आफूले देखेको सपनाको बारेमा बताउँछन ।


सपनामा, उनलाई नरकको ढोकामा लगियो । 


त्यहाँ उनले सोधे, “के यहाँ कुनै प्रेस्बिटेरियनहरू छन ?”


जवाफ आयो, “छन !”


त्यसपछि उनले क्रमशः सोधे, “के कुनै ब्याप्टिस्टहरू छन ? कुनै एपिस्कोपलियनहरू छन ? कुनै मेथोडिस्टहरू छन ?” 


प्रत्येक पटक जवाफ थियो, “छन !” 


धेरै दुःखी, जाेन वेस्लीलाई त्यसपछि स्वर्गको ढोकामा लगियो । 


त्यहाँ पनि उनले त्यही प्रश्न क्रमशः सोधे, र जवाफ पनि क्रमशः थियो, “छैनन !” “छैनन !” 


यसको जवाफमा, वेस्लीले सोधे, “त्यसो भए भित्र को छ ?” 


जवाफ आयो, “यहाँ केवल येशू ख्रीष्टलाई आफ्नो प्रभु र उद्दारकर्ता स्विकार गरि नयाँ जन्म पाएका व्यक्तिहरू मात्रै छन ।”


* स्वर्ग सम्प्रदायमाथि विश्वास गर्नेहरूको निम्ति हाेईन, तर याे त परमेश्वर र उहाँको वचनमाथि विश्वास गर्नेहरूकाे निम्ति मात्रै हाे !


[सम्प्रदाय एउटा धान खेती जस्तै हाे । सबैको आ-आफ्नो सम्प्रदायकाे खेत छ । सबैले खेतमा आली लगाएर याे मेरो खेत र त्याे तेराे खेत भन्छाैँ । तर पवित्र आत्माको नदि जब खेतमा बगेर सबै खेत पानीले भरिदिन्छ, तब याे मेरो र याे तेराे भन्ने पहिचान नै हराउनेछ, तब एकमात्र खेत अर्थात परमेश्वरकाे खेत मात्रै रहनेछ । जसको कान छ, त्यसले सुनाेस !]


* तपाईंको भक्ति सम्प्रदायमा छ या येशू ख्रीष्टमा छ ?

* तपाईंले सर्वप्रथम सम्प्रदायलाई महिमा दिनुहुन्छ या येशू ख्रीष्टलाई महिमा दिनुहुन्छ ?

* तपाईंले सर्वप्रथम सम्प्रदायलाई चिनाउनु हुन्छ या येशू ख्रीष्टलाई चिनाउनु हुन्छ ?

* स्वर्गले कुनै सम्प्रदायलाई चिन्दैन ! स्वर्गमा कुनै सम्प्रदायकाे महत्त्व हुँदैन !


“मलाई डर छैन कि मेथोडिस्ट भनिने मानिसहरू युरोप वा अमेरिकामा कहिल्यै अस्तित्वमा रहने छैनन । तर मलाई डर छ कि तिनीहरू केवल एक मृत सम्प्रदायको रूपमा अवस्थित हुनेछन, शक्ति बिना धर्मको रूप लिएर । र यो निस्सन्देह हुनेछ जबसम्म तिनीहरूले पहिलो पटक सुरु गरेको सिद्धान्त, आत्मा र अनुशासन दुवैलाई बलियोसँग पक्रिराख्दैनन ।” - जोन वेस्ली


यसकारण लेखिएको छ,

“तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिसजस्ता भएनौ र? 

किनकि एउटाले ‘पावलको’ र अर्काले ‘मचाहिँ अपोल्लोसको’ भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र? 

अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन, जसद्वारा तिमीहरूले विश्वास गर्यौ। 

मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो। 

यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। 

रोप्ने र पानी हाल्ने एकै समान हुन। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। 

किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।” [१ कोरिन्थी ३:३-९, १:१०-१३]


“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। 

म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।” [२ कोरिन्थी ६:१७-१८]


तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ, किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ।” [प्रकाश १८:४-५] 

[यशैया ४८:२०, ५२:११, यर्मिया ५०:८, ५१:६,४५, १ तिमाेथी ५:२२, २ युहन्ना १:११]


[मर्कुस ९,३८-४०, हिब्रू १२:१५, ३:४, १ तिमोथी ६:३-५, तीतस ३:१०]


Sources :

1. https://www.thejesusgathering.org/george-whitefield.html

2. https://bible.org/illustration/john-wesley-0

3. https://www.azquotes.com/quote/1309440

4. https://supplyofgrace.com/2023/02/28/ungracious-hairsplitting-nonsense/

5. https://sermoncentral.com/sermons/who-disqualifies-you-pablo-catala-sermon-on-redeemed-240107

6. https://www.sermonsearch.com/sermon-outlines/103911/fusion-or-faction-in-corinth-2-of-21/

7. https://www.facebook.com/100036386372143/posts/pfbid037JbSp2sKG28HtvRLy6u8JQa1pLhdTvwAWg2DqswEdtVHQ5ZSChHqorhofA3V5wPsl/?app=fbl

8. https://www.azquotes.com/author/15507-John_Wesley




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...