1. बसेर प्रार्थना गर्नु
[१ इतिहास १७:१६-२७, नहेम्याह १:४, २ शमूएल ७:१८, इजकिएल ८:१ , १ राजा १९:४]
2. खडा भएर प्रार्थना गर्नु
[नहेम्याह ९:५, मर्कूस ११:२५, लूका १८:१३, २ इतिहास २०:५ , १ शमूएल १:२६ , अय्यूब ३०:२०]
3. हिँड्दै प्रार्थना गर्नु
[२ राजा ४:३५, १ थेसलोनिकी ५:१७]
4. शिर निहुराएर प्रार्थना गर्नु
[प्रस्थान ३४:८, नहेम्याह ८:६, भजनसंग्रह ७२:११, ९५:६, ५:७, उत्पत्ति २४:२६]
5. हात उठाएर प्रार्थना गर्नु
[२ इतिहास ६:१२-१३, भजनसंग्रह ६३:४, १४१:२, १ राजा ८:५४, १ तिमोथी २:८]
6. घुँडा टेक्दै प्रार्थना गर्नु
[१ राजा ८:५४, एज्रा ९:५, लूका २२:४१, प्रेरित ९:४०, ७:६०, एफिसी ३:१४, दानियल ६:१०, २ इतिहास ६:१३, फिलिप्पी २:१०]
7. लम्पसार परेर प्रार्थना गर्नु
[मत्ती २६:३९, एज्रा १०:१, यहोशू ७:६, मर्कूस १४:३५, गन्ती २०:६, २ इतिहास २०:१८, प्रकाश १:१७]
8. आफ्नो आँखा स्वर्गतिर उठाउँदै प्रार्थना गर्नु
[यूहन्ना १७:१, ११:४१, लूका ९:१६]
9. ओछ्यानमा प्रार्थना गर्नु
[भजनसंग्रह ६३:६, भजनसंग्रह ४:४]
10. उच्च स्वरमा प्रार्थना गर्नु
[भजनसंग्रह ५५:१७, १४१:१, १४२:१, ७७:१, हिब्रू ५:७, प्रकाश २२ अध्यायमा २० पटक ]
11. मौनतामा प्रार्थना गर्नु
[भजनसंग्रह ४६:१०, १ शमूएल १:१३]
12. आँसुसहित प्रार्थना गर्नु
[२ राजा २०:५, भजनसंग्रह ५६:८, हिब्रू ५:७, प्रकाश २१:४]
13. शुद्ध हात र शुद्ध हृदय लिएर प्रार्थना गर्नु
[भजनसंग्रह २४:३-४]
प्रार्थना शरीरको स्थितिमा निर्भर हुँदैन । तपाईंकाे प्रार्थना गर्ने तरिकाभन्दा तपाईंकाे प्रार्थना महत्त्वपूर्ण छ ।
तपाईंले कसरी प्रार्थना गर्नुभयो भन्ने कुराले फरक पार्दैन । निरन्तर प्रार्थना गरिरहनुहोस । तपाईंको परिवार तथा साथीहरू, मण्डलीका अगुवा तथा शिक्षकहरू, तपाईंको राष्ट्र र अधिकारीहरू, कमजोर तथा बिमारीहरू, स्वयंकाे लागि र विश्व शान्तिको लागि प्रार्थना गर्नुहोस ।
यसकारण लेखिएको छ,
फर्केर मेरो प्रजाको अगुवालाई भन, “तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्दिरमा जानेछस।” [२ राजा २०:५]
“हन्नाह मनमनै प्रार्थना गरिरहेकी थिइन, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्यो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने।” [१ शमूएल १:१३]
“येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।” [हिब्रू ५:७]
“मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।” [भजनसंग्रह ६३:६]
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस, र पुत्रले तपाईंको महिमा प्रकट गरोस।” [यूहन्ना १७:१]
“जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़-- पुरुष, स्त्री र केटाकेटीहरू-- तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।” [एज्रा १०:१]
“जब सोलोमनले परमप्रभुमा यी प्रार्थना र नम्र-निवेदन गरिसिद्ध्याए, तब तिनी परमप्रभुका वेदीको अगिबाट उठे, जहाँ तिनी स्वर्गतिर आफ्ना हात उठाएर घुँड़ा टेकेका थिए।” [१ राजा ८:५४]
एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्ट ओछ्यानमा चढ़ेर तिनी त्यसमाथि लमतन्न परे। तब त्यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्यो। [२ राजा ४:३५]
“एज्राले परमप्रभु महान परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, "आमेन, आमेन।" त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत गरे।” [नहेम्याह ८:६]
र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्यसमुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्दा असल छैनँ!” [१ राजा १९:४]
हन्नाहले उनलाई भनिन, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई।” [१ शमूएल १:२६]
तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।” [१ शमूएल १६:७]
“निरन्तर प्रार्थना गरिरहो।” [१ थेसलोनिकी ५:१७]
Sources :
1. https://riseandinspire.co.in/2024/10/15/prayer-understanding-and-salvation/
2. https://devotions1.lccportal.org/2020/03/09/different-ways-to-pray-part-3/
3. https://www.linkedin.com/posts/renzo-ventrice-90149a22_amen-activity-6312247818807578624-Fd3t
4. https://annamu-fi-almassih.com/how-do-christians-pray-standing-bow-etc/
5. https://www.lifeway.com/en/articles/prayer-postures-in-the-bible
6. https://richfaithinpoorhealth.com/5-creative-prayer-methods/
7. https://www.minormemorial.org/committed-to-prayer

No comments:
Post a Comment