Thursday, May 1, 2025

प्रार्थना गर्नुका फाइदाहरू

 



1. प्रार्थना हामीलाई सुरक्षा दिन्छ । [मत्ती ६:१३, भजनसंग्रह ९१:१-२, १२१:७-८, हितोपदेश १८:१०, २ थेसलोनिकी ३:३ ]


2. प्रार्थनाले तपाईंलाई परमेश्वरको नजिक लैजान्छ । [याकूब ४:८, भजनसंग्रह १४५:१८, हिब्रू ४:१६ ]


3. प्रार्थनाले परिवर्तन ल्याउँछ । [याकूब ५:१६-१८, इजकिएल ३६:२६]


4. प्रार्थनाले तपाईंलाई खुसी बनाउँछ । [१ थिस्सलोनिकी ५:१६-१८, भजनसंग्रह १६:११, रोमी १५:१३]


5. प्रार्थनाले तपाईंलाई शान्ति दिन्छ । [फिलिप्पी ४:६-७, १ पत्रुस ५:७]


6. प्रार्थनाले तपाईंलाई आत्मिक रूपमा बलियो बनाउँछ । [यहूदा १:२०, भजनसंग्रह ३४:४, १४५:१८]


7. प्रार्थनाले तपाईंलाई सबै पीडाबाट निको पार्छ । [याकूब ५:१४]


8. प्रार्थनाले नम्रतामा बढ्न मद्दत गर्छ । [सपन्याह २:३, १ पत्रुस ५:६]


9. प्रार्थनाले तपाईंलाई आशा दिन्छ । [राेमी १५:१३, १२:१२]


10. प्रार्थनाले पाप र परीक्षाहरूमाथि विजय प्राप्त गर्न मद्दत गर्छ । [२ कोरिन्थी १०:४-५, फिलिप्पी ४:८, मत्ती २६:४१]


11. प्रार्थनाले तपाईंलाई परमेश्वरको इच्छामा राख्छ । [रोमी १२:२]


12. प्रार्थनाले तपाईंको जीवन परिवर्तन गर्दछ  । [मत्ती २१:२२, युहन्ना १५:७, मर्कूस ११:२४]


13. प्रार्थना अरूलाई मद्दत गर्ने एउटा तरिका हो । [याकूब ५:१६, कलस्सी १:९-१२]


14. प्रार्थनाले परमेश्वरको वचनको समझलाई बढावा दिन्छ । [भजनसंग्रह ११९:१८, कलस्सी ३:१६]


15. प्रार्थनाले शैतानको आक्रमणको प्रतिरोध गर्न प्रोत्साहित गर्छ। [याकूब ४:७-८, प्रकाश १२:११]


16. प्रार्थनाले क्षमाशीलता र मेलमिलापलाई बढावा दिन्छ । [मर्कूस ११:२५, मत्ती ६:१२]


17. प्रार्थनाले सुसमाचार प्रचार र मिसनहरूलाई बढावा दिन्छ । [मत्ती ९:३७-३८, प्रेरित १३:१-३ २, थेसलोनिकी ३:१]


18. प्रार्थनाले पवित्रतालाई बढावा दिन्छ । [मत्ती २६:४१]


19. प्रार्थनाले बुद्धि दिन्छ । [याकूब १:५, भजनसंग्रह १११:१०, हितोपदेश २:६]


20. प्रार्थनाले स्वर्गीय कुराहरूमा मन लगाउन सक्षम बनाउँछ । [कलस्सी ३:२, मत्ती ६:२०, भजन ७३:२५-२६]


प्रार्थना बिनाको दिन आशिष बिनाको दिन हो, प्रार्थना बिनाको दिन बर्बाद दिन हो प्रार्थना बिनाको जीवन शक्ति बिनाको जीवन हो ।


प्रार्थना सबै परीक्षाहरू विरुद्धको उत्तम कवच हो ।


* प्रभुसँग तपाईंको प्रार्थना जीवन कस्तो छ ?


यसकारण लेखिएको छ,

“मलाई पुकार, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु ।” [यर्मिया ३३:३]


“तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु।” [यर्मिया २९: १२]


“त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।” [भजनसंग्रह ९१:१५]


“हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्वर यति नजिक भएको अरू कुनचाहिँ यति महान जाति छ?” [व्यवस्था ४:७]


“र सङ्कष्टको दिनमा मलाई पुकार, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस।” [भजनसंग्रह ५०:१५]


“तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु।” [यशैया ६५:२४]


“किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ। 

किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” [रोमी १०:१२-१३]


“म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ।  

किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ।” [लूका ११:९-१०]


“परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन।” [भजनसंग्रह १४५:१८]




Sources :

1. https://gbc-windsor.org/2021/01/06/12-benefits-of-prayer/

2. https://www.lifeisjesuschrist.com/post/10-benefits-of-prayer-change-your-life-through-prayer

3. https://www.christianity.com/wiki/prayer/what-are-the-benefits-of-prayer.html#google_vignette

4. https://www.churchofjesuschrist.org/comeuntochrist/believe/god/10-meaniningful-benefits-of-prayer

5. https://butterflyliving.org/4-benefits-of-daily-prayer/

6. https://www.seedwordchristian.com/2024/10/20-benefits-of-prayer.html?m=1

7. https://www.ucg.org/learn/blogs/7-reasons-why-god-wants-you-pray

8. https://gladtidingspublishing.com/products/benefits-of-prayer-pack-of-10-info-cards-or-oversize-bookmarks

9. https://rootedandgrounded.com/blogs/news/10-benefits-of-prayer-and-faith?srsltid=AfmBOoq69JY91p9H__lw8Qkg_9GV9o0-uwEX3ilXPjRP_9aLWVHXrn5m

10. https://www.facebook.com/100028706371540/posts/pfbid02x5qgWfw9E6vuof8qHce5HbEJ95dxURWkRWETGk1d1hHQptR3Pc7UbkaT39uYHyaql/?app=fbl






No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...