Wednesday, April 30, 2025

बाइबलमा प्रार्थना गर्ने व्यक्तिहरू

 



1. मोशाले प्रार्थना गरे,

 र लाल समुद्र दुई भागमा विभाजित भयो । [प्रस्थान १४:२१-२२]


2. अय्युवले प्रार्थना गरे,

 र प्रभुले उनको जीवनलाई पुनर्स्थापित गर्नुभयो । [अय्यूब ४२:१२-१७]


3. हन्नाले प्रार्थना गरिन,

 र उनले एउटा छोरो (शमूएल) जन्माईन । [२ शमूएल १:२०]


4. दाऊदले प्रार्थना गरे,

  र उनलाई बलियो बनाइयो । [भजन १८:१-२]


5. दानियलले प्रार्थना गरे,

 र उनलाई छुटकारा दिइयो । [दानियल ६:१०]


6. योनाले प्रार्थना गरे,

 र परमेश्वरले उनलाई बचाउनुभयो । [योना २:१-१०]


7. येशूले प्रार्थना गर्नुभयो,

 र आफ्नो इच्छा होइन, तर परमेश्वरकाे इच्छा पूरा गर्नुभयो । [लुका 22:42]

 र हजारौंलाई खुवाउनुभयाे ।


8. पत्रुसले प्रार्थना गरे,

 र उनले नयाँ दर्शन प्राप्त गरे । [प्रेरित १०:९-१७]


9. पावलले प्रार्थना गरे,

 र मानिसहरू निको भए । [प्रेरित २८:८]


10. नूहले प्रार्थना गरे, उनको परिवारलाई बचाइएको थियो ।


11. आसाले प्रार्थना गरे, विजय प्राप्त भयो ।


12. यशैयाले प्रार्थना गरे, अश्शूरीहरू पतन भए ।


13. एस्तरले प्रार्थना गरिन, तिनका मानिसहरूलाई बचाइयो ।


14. एलियाले प्रार्थना गरे, स्वर्गबाट ​​आगो खस्यो । [१ राजा १८:३६-३९]


15. हिजकियाहले प्रार्थना गरे, परमेश्वरले उनलाई पन्ध्र वर्ष थप आयु दिनुभयो । [२ राजा २०:१-६]


16. हिजकियाहको प्रार्थना गरे, परमेश्वरले यहूदालाई अश्शूरीहरूबाट बचाउनुभयो । [यशैया ३७:१५-३६]


* परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ । प्रार्थना गर्नुहाेस, विश्वास गर्नुहाेस र पर्खनुहाेस !


यसकारण लेखिएको छ,

“परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।” [हितोपदेश १५:२९]


“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन।” [फिलिप्पी ४:६]


“हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ।” [यूहन्ना ९:३१]


“किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” [१ पत्रुस ३:१२]


“हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ।” [१ यूहन्ना ५:१५]


“तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। 

जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।” [यर्मिया २९:१२-१३]


“मैले मेरो मुखले उहाँलाई पुकारें, र मेरो जिब्रोबाट उहाँको स्तुति भयो। 

यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन। 

तर साँच्ची नै परमेश्वरले सुन्नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्दहरूमाथि ध्यान दिनुभएको छ। 

परमेश्वरलाई महिमा होस, जसले मेरो प्रार्थना अस्वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।” [भजनसंग्रह ६६:१७-२०]


“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस।” [यूहन्ना १६:२४]


Sources :

1. https://beulahtabrocks.org/event/pray-read-your-bible-daily/

2. https://pin.it/Nd76EzVQR



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...