1. येशूले जस्तै प्रेम गर्नुहाेस ।
2. येशूले जस्तै अगुवाइ गर्नुहाेस ।
3. येशूले जस्तै विश्वास गर्नुहाेस ।
4. येशुले जस्तै ख्याल गर्नुहाेस ।
5. येशुले जस्तै निस्वार्थ हुनुहोस ।
6. येशूले जस्तै क्षमा गर्नुहोस ।
7. येशूले जस्तै प्रोत्साहन दिनुहोस ।
8. येशूले जस्तै सेवा गर्नुहोस ।
9. येशुले जस्तै धैर्य गर्नुहाेस ।
10. येशूले जस्तै हेर्नुहाेस ।
11. येशूले जस्तै हिँड्नुहाेस ।
12. येशूले जस्तै जिउनुहाेस ।
* “ख्रीष्टियन त्यो हो जसले ख्रीष्टमा विश्वास गर्छ, आफ्नो जीवनलाई ख्रीष्टमा सुम्पिएको छ, ख्रीष्टमा समर्पण गरिएको छ, ख्रीष्टलाई पछ्याइरहेको छ, ख्रीष्टको लागि बाँचिरहेकाे छ, र उसको सम्पूर्ण जीवन ख्रीष्ट मात्रै हुनुहुन्छ ।” - स्टीवन लसन
यसकारण लेखिएको छ,
“तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” [यूहन्ना १३:१५]
“किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।” [१ पत्रुस २:२१]
“यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।” [कलस्सी २:६]
“उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।” [१ यूहन्ना २:६]

No comments:
Post a Comment