Saturday, December 28, 2024

येशू को हुनुहुन्छ ?

 



 1. जीवशास्त्रीहरूले उहाँलाई “यहूदाको सिंह” भनेर बोलाउँछन ।


 2. वनस्पतिविदहरूले उहाँलाई “जीवनको रूख” भनेर बोलाउँछन ।


 3. भूतत्वविदहरूले उहाँलाई “सनातनकाे चट्टान” भनेर बोलाउँछन ।


 4. कुकहरूले उहाँलाई “जीवनको रोटी” भनेर बोलाउँछन ।


 5. गणितज्ञहरूले उहाँलाई “आदि र अन्त्य” भनेर बोलाउँछन ।


 6. इन्जिनियरहरूले उहाँलाई “बलियो धरहरा” भनेर बोलाउँछन ।


 7. डाक्टरहरूले उहाँलाई “चंगाईकर्ता” भनेर बोलाउँछन ।


यसकारण लेखिएको छ,

येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन?”

तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा-दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन भनी भन्छन।”

उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?”

सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” [मत्ती १६:१३-१६]




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...