Thursday, December 26, 2024

इतिहासमा सबैभन्दा महान र प्रभावशाली व्यक्ति

 



1. उहाँसँग कुनै नोकरहरू थिएनन, तैपनि तिनीहरूले उहाँलाई मालिक भन्थे । 


2. उहाँसँग कुनै डिग्री थिएन, तैपनि उहाँलाई गुरु भन्थे । 


3. उहाँसँग कुनै औषधि थिएन, तैपनि उहाँ निको पार्ने हुनुहुन्थ्यो । 


4. उहाँसँग कुनै सेना थिएन, तैपनि राजाहरू उहाँसँग डराउँथे ।


5. उहाँले कुनै युद्ध जित्नु भएन, तैपनि उहाँले संसारलाई जित्नुभयो ।


6. उहाँ महलमा बस्नुभएन, तैपनि उहाँलाई प्रभु भनियो ।


7. उहाँले कुनै राष्ट्रमाथि शासन गर्नुभएन, तैपनि  उहाँलाई राजा भनियो ।


8. उहाँले कुनै अपराध गर्नुभएन, तैपनि उहाँलाई क्रूसमा टाँगियाे । 


9. उहाँलाई चिहानमा गाडिएको थियो, तैपनि उहाँ आज जीवित हुनुहुन्छ ।


10. उहाँ प्रेम र क्षमाको कुरा गर्नुहुन्छ, र उहाँको वचनले लाखौंलाई परिवर्तन गर्नुभयो ।


11. उहाँले कुनै भौतिक सम्पत्तिकाे बारेमा प्रतिज्ञा गर्नुहुन्न, तैपनि हामी उहाँलाई हाम्रो जीवनको खजाना मान्दछौं ।


12. उहाँले कुनै संसारिक शक्तिको प्रतिज्ञा गर्नुभएन, तैपनि उहाँको भवनमा शक्तिहीनहरूले बल पाएका छन ।


13. उहाँले कुनै किताबहरू लेख्नुभएन, तैपनि उहाँको सन्देशले अनगिन्ती पुस्तकहरू लेखिका छन ।


14. उहाँको कमजोरीमा हामी नयाँ बल पाउँछौं ।


15. उहाँको पीडामा हाम्रो मुक्ति छ ।


 उहाँको नाम हाे, येशु ख्रीष्ट !


यसकारण येशु ख्रीष्ट इतिहासकै सबैभन्दा महान र प्रभावशाली व्यक्ति हुनुहुन्छ ।


उहाँको मुक्ति, प्रेम र अनन्त जीवनको याेजनामा तपाईं पनि सहभागी बन्नुहाेस भनी तपाईंलाई आमन्त्रण दिनुहुन्छ । 


येशूकाे शिक्षा र जीवनले विगत दुई हजार वर्षदेखि गरिब, बिरामी र खाँचोमा परेकाहरूलाई उदारता, आतिथ्य, बलिदान र सेवा गर्ने कार्यहरू प्रेरित गरेको छ । 


* के तपाईं पनि येशु ख्रीष्टमाथि विश्वास गरेर इतिहासकाे एक भाग बन्नुहुनेछ ?


यसकारण लेखिएको छ,

येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” [यूहन्ना ८:१२]


किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, 'जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ'।” [रोमी १४:११]


“परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। 

तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। 

स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। 

त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, 

कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, 

र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।”  [फिलिप्पी २:६-११]


“मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।” [यशैया ४५:२३]


Sources :

1. https://gracequotes.org/quote/the-greatest-man-in-history-jesus-had-no-servants-yet-they-called-him-master-had-no-degree-yet-they-called-him-teacher-had-no-medicines-yet-they-called-him-healer-he-had-no-army-yet-kings-f/

2. https://allpoetry.com/poem/13046422-The-Greatest-Man-In-History--by-Warofli

3. https://www.facebook.com/reel/1111330710369375/?app=fbl

4. https://www.poemhunter.com/poem/greatest-man-in-history-2/



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...