1. “साैन्दर्य” विवाहको ग्यारेन्टी होइन ।
2. “बिरामी हुनु” तपाईं मर्न लाग्दै हुनुहुन्छ भन्ने हाेईन ।
3. “धनी हुनु” समृद्धिको परिभाषा होइन ।
4. “राम्रो घर बनाउनु” विलासिताको आनन्द लिनु भन्ने होइन ।
5. “महङ्गो ओछ्यानमा सुत्नु” राम्रो निद्रा आउँछ भन्ने हाेईन ।
6. “नयाँ कार चलाउनु” भनेको तपाईं जहाँ जाँदै हुनुहुन्छ त्यहाँ पुग्नुहुनेछ भन्ने ग्यारेन्टी होइन ।
7. “महङ्गो लुगा” लगाउनुले प्रतिभासालीको ग्यारेन्टी गर्दैन ।
8. “पारिवारिक डाक्टर” हुनुले स्थायी स्वास्थ्यको ग्यारेन्टी गर्दैन ।
9. “उच्च शिक्षा” लिनु मात्रै ज्ञानको लक्षण हाेईन ।
10. “धनी केटासँग विवाह गर्नु” सुखी वैवाहिक जीवनको ग्यारेन्टी हाेईन ।
11. “वाद-विवाद जित्नु” तपाईं सही हुनुहुन्थ्यो भन्ने हाेईन ।
12. “स्वर्गको योग्यता” बिना जे पनि गरिन्छ, त्यो सबै व्यर्थ र क्षणिक हो ।
13. जसले “परमेश्वर विना” निर्माण गर्छ उसले व्यर्थको निर्माण गरिरहेको हुन्छ। र जसले “परमेश्वर विना” सहरको रेखदेख गर्छ, उसले व्यर्थमा रेखदेख गर्छ ।
14. मानिसबाट सबै कुरा सम्भव छैन तर परमेश्वरसँग सबै कुरा सम्भव छ ।
15. बुद्धिमानी बन्नुहाेस र हरेक काममा परमेश्वरसँग जाेडिनुहाेस ।
यसकारण लेखिएको छ,
“परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।” [भजनसंग्रह १२७:१-२]
“कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन।
घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो ताकतले पनि बचाउन सक्दैन।
तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।
हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।
उहाँमा नै हामी हर्षित हुन्छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौं।
हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस।” [भजनसंग्रह ३३:१६-२२]
“कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ।
युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।” [हितोपदेश २१:३०-३१]
“यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।” [१ कोरिन्थी ३:७]
“परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ।
पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।” [भजनसंग्रह १२५:१-२]
“पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ?
स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन।” [भजनसंग्रह १२१-१-३]
“हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्छु।
जसरी दासहरूका आँखा आफ्ना स्वामीको हाततिर हुन्छन, जसरी दासीहरूका आँखा आफ्नी स्वामिनीको हाततिर रहन्छन, त्यसरी नै जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्न, तबसम्म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्वरतिर रहन्छन।” [भजनसंग्रह १२३:१-२]
Sources :
1. https://www.facebook.com/100077445976235/posts/413906427867553/
2. https://www.facebook.com/groups/mysoundmind/permalink/1902326066996679/?app=fbl

No comments:
Post a Comment