1. ख्रीष्ट बाहिर, म केवल एक पापी हुँ,
तर ख्रीष्टमा, म मुक्ति पाएको व्यक्ति हुँ ।
2. ख्रीष्ट बाहिर, म खाली छु,
तर ख्रीष्टमा, म पूर्ण छु ।
3. ख्रीष्ट बाहिर, म कमजोर छु,
तर ख्रीष्टमा, म बलियो छु ।
4. ख्रीष्ट बाहिर, म सक्दिन,
तर ख्रीष्टमा, म सक्षम छु ।
5. ख्रीष्ट बाहिर, म पराजित भएको छु,
तर ख्रीष्टमा, म पहिले नै विजयी छु ।
ख्रीष्टमा, यी शब्दहरू कति अर्थपूर्ण छन !
* उहाँको मृत्युलाई हाम्रो मृत्युको रूपमा स्वीकार गरेर हामी प्रभुसँगको सम्बन्धमा प्रवेश गर्छौं ।
- वाचम्यान नी
यसकारण लेखिएको छ,
“यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।” [रोमी ८:१]
“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।” [२ कोरिन्थी ५:१७]
“हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि 'काठमा झुण्डिने हरेक श्रापित हुन्छ' भन्ने लेखिएको छ।” [गलाती ३:१३]
“परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।
यसैले लेखिएको छ, 'गर्व गर्नेले प्रभुमा नै गर्व गरोस'।” [१ कोरिन्थी १:३०-३१]
“र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो।” [फिलिप्पी ३:९]
“जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।” [फिलिप्पी ४:१३]
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।” [यूहन्ना ५:२४]
“यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।” [रोमी ५:१]
“किनकि जसरी आदममा सबै मर्दछन, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन।” [१ कोरिन्थी १५:२२]
Sources :
1. https://www.soulsupply.com/topics/light-from-watchman-nee-170821/
2. https://www.azquotes.com/quote/547627
3. https://www.linkedin.com/posts/steven-gilchrist-48100b10b_outside-of-christ-i-am-only-a-sinner-but-activity-7206307427971993600-5wdk

No comments:
Post a Comment