1. तपाईं परमेश्वरले खोज्न नसक्ने गरि हराउनु भएको छैन ।
2. तपाईं परमेश्वरले सफा गर्न नसक्ने गरि धेरै फोहोर हुनुभएको छैन ।
3. तपाईं परमेश्वरले ठीक गर्न नसक्ने गरि धेरै टुटेको हुनुहुन्न ।
4. तपाईं परमेश्वरले निको पार्न नसक्नु हुने गरि धेरै चोट लागेको छैन ।
5. तपाईं परमेश्वरसम्म पुग्न नसक्ने गरि धेरै टाढा जानू भएको छैन ।
6. तपाईं परमेश्वरले क्षमा दिन नसक्ने गरि धेरै दोषी हुनुहुन्न ।
7. तपाईं परमेश्वरले बचाउन नसक्ने गरि धेरै पापी हुनुहुन्न ।
8. तपाईं परमेश्वरले प्रेम गर्न नसक्ने गरि धेरै बेकार हुनुहुन्न ।
* परमेश्वरकहाँ जानुभन्दा पहिले तपाईंले स्वयंलाई परिवर्तन गर्नु पर्दैन। तर जब तपाईं परमेश्वरकहाँ जानुहुन्छ, तब उहाँले तपाईंलाई परिवर्तन गर्नुहुन्छ।
* परमेश्वरको नजरमा तपाईं अयोग्य हुनुहुन्छ भनेर मानिसहरूलाई र तपाईंको वर्तमान परिस्थितिलाई विश्वास गर्न नदिनुहाेस। तपाईं परमेश्वरको नजरमा धेरै मूल्यवान हुनुहुन्छ। तपाईं परमेश्वरको उत्कृष्ट सृष्टि हुनुहुन्छ। बलियो र साहसी हुनुहोस! सशक्त, प्रेरणादायी र प्रोत्साहित हुनुहाेस!!
यसकारण लेखिएको छ,
“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।” [२ इतिहास ७:१४]
“आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके।
जब तिनले प्रार्थना गरे, तब परमेश्वरले तिनको अर्ज-बिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। तब । तब मनश्शेलाई परमप्रभु नै परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा भयो।” [२ इतिहास ३३:१२-१३]
“आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।” [हितोपदेश २८:१३]
“जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।
दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस, र परमप्रभुतिर फर्कोस, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।” [यशैया ५५:६-७]
“परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
परमप्रभुको प्रसन्नताको वर्ष, र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन, र सियोनमा विलाप गर्नेहरूलाई-- खरानीको सट्टा सुन्दरताको मुकुट, र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन।” [यशैया ६१:१-३]
“तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु।
जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।” [यर्मिया २९:१२-१३]
“हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं।
हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं:
हामीले पाप गर्यौं, हामी बागी भयौं, र तपाईंले क्षमा गर्नुभएको छैन।” [विलाप ३:४०-४२]
“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।” [२ कोरिन्थी ५:१७]
“दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस।
प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।” [याकूब ४:९-१०]
Sources :
1. https://4givenministry.com/2021/04/21/you-are-gods-masterpiece/
2. https://substack.com/@biblicalman/note/c-69877013
3. https://www.facebook.com/groups/165702792978906/permalink/439370272278822/?app=fbl
4. https://pin.it/3SWoPXn1F

No comments:
Post a Comment