एक दिन संख्याकाे संसारमा मिसेस नाइनले पार्टी गर्ने निर्णय गरिन । उनले मिस्टर एट, मिसेस सेभेन, मिसेस सिक्स, मिस्टर फाइभ, मिस्टर फोर, मिस थ्री, डा. टु, मिस वन र लिटिल जीरोलाई आमन्त्रित गरिन । पार्टी सुरु हुन लागेको बेलामा डा. दुईले जीराे नभएको देखे ।
सबैले जीराेको खोजी गरे र अन्तत: मिस्टर फोरले केही इँटाको पर्खाल पछाडि लुकेर बसेकाे भेटे ।
किन लुकेको भनेर सोध्दा जीराेले अन्य नम्बरहरूलाई भने, “म लुकेको थिएँ किनभने म धेरै बेकार महसुस गरिरहेको थिएँ, किनकि मेरो कुनै पनि गणितीय प्रक्रियामा कुनै मूल्य छैन ।”
जब सबै संख्याले उसको कुरा सुने, तब सबै जना पछुताउन थाले । किनकि ती सबैलाई थाहा थियो कि जीराे गलत थिएन ।
त्यतिकैमा मिस्टर एट बोले,
“जीराे, म तिमीले भनेको कुरामा सहमत छु । तर के तिमीले याद गरेका छाै, यदि तिमीलाई कुनै पनि अंकको अगाडि राखियाे भने, तिमीले दसले गुणन गर्ने संख्या बन्नेछाै । यसको मतलब तिमीसँग ठूलो मूल्य छ ।”
जीराेले केही बेर सोँच्याे, अनि हाँस्न थाल्याे । किनकि उसले मिस्टर एटले भनेको कुरा बुझेको थियो ।
अब जीराे भेटियो, उसले आफ्नो मुल्य र महत्त्व पनि बुझ्याे र खुसी भयो, सबैले पार्टी सुरु गरे । तिनीहरूले धेरै स्वादिष्ट भाेजन खाए र सबै संख्या मिलेर धेरै रमाइलो खेलहरू पनि खेले ।
* के तपाईंले पनि स्वयंलाई जीराे भएको महशुस गर्नुभएको छ ? यदि छ भने तपाईंको मुल्य धेरै नै छ ।
* तपाईंले याे दृष्टान्तबाट सिक्नुभएको पाठ साझा गर्न सक्नुहुन्छ !
Source :
https://littleauthors.in/stories/zero-is-a-hero/
.png)
No comments:
Post a Comment