कुनै समय एक महान गणितज्ञ थिए । उनले सबै संख्याहरूको बैठक बोलाए । शून्य बाहेक सबै संख्याहरू उपस्थित भए ।
शून्य ढोका पछाडि लुकेको थियो । गणितज्ञले शून्यलाई बोलाएर सोधे,
“तिमी किन ढोका पछाडि लुकेका छाै ?”
शून्य रुन थाल्यो र टुटेको स्वरमा भन्यो,
“मेरो कुनै मुल्य छैन र कसैले मेरो वास्ता गर्दैन, त्यसैले म लुकेको हुँ ।”
गणितज्ञले केही बेर सोँचे र संख्या एक (१) लाई उनको अगाडि उभिन भने । शून्यलाई हेरेर गणितज्ञले सोधे,
“मलाई भन्, यो संख्याको मूल्य के हो ?”
“एक”, शून्यले जवाफ दियो ।
त्यसपछि गणितज्ञले शून्यलाई एकको दायाँतिर उभिन भने, र अरू संख्याहरूलाई हेरेर सोधे, “अब यो नम्बरको मूल्य के हो ?”
“दस”, सबै संख्याहरूले एकै स्वरमा जवाफ दिए ।
त्यसपछि गणितज्ञले सबै शून्यहरूलाई एकपछि अर्को एकको दायाँतिर उभिन भने । प्रत्येक पटक एकको दायाँमा शून्य थप्दा, गणितज्ञले अन्य संख्याहरूलाई मान साेध्दै गए ।
एकको पछाडि शून्यको संख्या बढ्दै गएपछि एकको मूल्य पनि बढ्दै गयो अर्थात सय, हजार, दश हजार, एक लाख, एक करोड... इत्यादि ।
त्यसपछि गणितज्ञले शून्यलाई भने,
“जब तिमीहरू प्रत्येक एकको दायाँतिर उभियौ, एक पछि अर्को, एकको मूल्य बढ्यो । एकबाट, यसको मूल्य दश, सय, एक हजार, दश हजार, एक लाख भयो । त्यसैगरी कुनै पनि संख्याको मूल्य त्यति नै कम हुन्छ जब ऊ एक्लै हुन्छ । त्यसको छेउमा अर्को नम्बर राखिन्छ भने त्यसको मुल्य पनि बढ्नेछ । जब तिमी अन्य संख्यामा आउँछाै, तब त्यसको मूल्य मात्रै बढ्दैन, तर तिम्रो मुल्य पनि बढ्नेछ । के मैले यसलाई भर्खरै प्रमाणित गरिन र ?”
शून्यले गणितज्ञले भनेको कुरा बुझ्यो । शून्यको कुनै मूल्य हुँदैन भन्ने जनताको धारणा निराधार र गलत भएकोमा उनी खुसी थिए ।
* जब हामी अरूसँग सामेल हुन्छौं, हामीले आफ्नो मूल्य र बललाई मात्र होइन तर अरूको पनि बढाउँछौं । त्यसैले सधै एकजुट भएर काम गर्नुहाेस ।
परमेश्वर + म = हार
परमेश्वर + 0 = विजय
Source :
https://storymirror.com/read/english/story/value-of-zero/ublxtm1v
.jpg)
No comments:
Post a Comment