Saturday, December 28, 2024

येशू ख्रीष्ट र विज्ञान

 



1. रसायनशास्त्रमा, उहाँले पानीलाई अंगुरकाे रसमा परिणत गर्नुभयो ।


2. जीवविज्ञानमा, उहाँ प्राकृतिक गर्भधारण बिना जन्मनुभयाे ।


3. भौतिकशास्त्रमा, उहाँले स्वर्गमा आरोहण गर्दा गुरुत्वाकर्षणको नियमलाई गलत प्रमाणित गर्नुभयो ।


4. अर्थशास्त्रमा, उहाँले पाँच हजार मानिसहरूलाई दुई माछा र पाँच रोटी खुवाएर ह्रासमान प्रतिफलको नियमलाई गलत साबित गर्नुभयो ।


5. औषधि बिज्ञानमा, उहाँले बिरामी र अन्धाहरूलाई औषधि नदिई निको पार्नुभयो ।


6. इतिहासमा, उहाँ आदि र अन्त्य हुनुहुन्छ ।


7. राजनीतिमा, उहाँ राजाहरूका राजा, प्रभुहरूका प्रभु, अद्भुत सल्लाहकार, र शान्तिका राजकुमार हुनुहुन्छ । 


8. धर्ममा, उहाँद्वारा बाहेक कोही पनि परमेश्वर पिताकहाँ जान सक्दैन ।


यसकारण लेखिएको छ,

“हे परमप्रभु परमेश्वर, तपाईंले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।” [यर्मिया ३२:१७]


“तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।” [अय्यूब ४२:२]


येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो,  “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।” [मत्ती १९:२६]


Sources :

1. https://nmaolebara.wordpress.com/2014/03/23/unchangeablein-chemistry-he-turned-water-into-wine-in-biology-he-was-born-without-the-normal-conception-in-physics-he-disapproved-the-law-of-gravity-when-he-ascended-into-heaven-in-economi/

2. https://www.google.com/amp/s/slideplayer.com/amp/8394852/

3. http://www.churchsermon.org/library/true/who%20is%20Jesus/index.html

4. https://www.faithtabernacle.org.uk/why-jesus


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...