Saturday, December 28, 2024

बिहेपछि अरु केटी किन सुन्दर देखिन्छन ?

 



एकजना व्यक्तिले आफ्नाे वैवाहिक समस्याकाे समाधानको निम्ति एक गुरूकहाँ आफ्नाे समस्या भन्न थाले,

“सुरुमा, जब मैले मेरी श्रीमतीलाई मन पराएँ, तब उनी मेरो नजरमा यस्तो थिइन कि परमेश्वरले यो संसारमा उनीजस्तो अरू कसैलाई बनाउनु भएको छैन ।


जब मैले उनीसँग मगनी गरे, त्यो बेला मेरो नजरमा उनीजस्ता धेरै केटीहरू पनि थिए ।


त्यसपछि जब मैले उनीसँग बिहे गरे, त्यतिबेला मेरो आँखाकाे अगाडिबाट धेरै राम्री-राम्राी केटीहरू गए ।


विवाहको केही वर्षपछि मलाई संसारका सबै नारी मेरी श्रीमतीभन्दा सुन्दर छन भन्ने लाग्न थाल्यो ।”


तब गुरूले तिनको समस्यालाई बुझेर भने,

“के म तिमीलाई त्योभन्दा पनि अनौठो कुरा भनूँ ?”


ती व्यक्तिले जवाफ दिए,

“हुन्छ, अवश्य भन्नुहोस ।”


गुरूले भने, 

“तिमीले संसारका सबै स्त्रीसँग विवाह गरे तापनि फेरि सडकमा घुम्ने छाडा कुकुरहरू संसारका ती सबै स्त्रीहरूभन्दा सुन्दर लाग्नेछन ।”


त्यो व्यक्ति हल्का मुस्कुराउँदै भन्न थाल्यो, 

“गुरु ज्यु, किन यसो भनिरहनुभएको छ ?”


गुरूले जवाफ दिए,

“वास्तविक समस्या तिम्रो पत्नीमा छैन, तर वास्तविक समस्या यो हो कि जब पुरुषको हृदय लोभी हुन्छ, उसको आँखा यताउता घुम्छ र तब चिहानको माटो बाहेक अरू कुनै कुराले उसको आँखालाई भर्न सक्दैन ।


के तपाई आफ्नी श्रीमतीलाई संसारकै सबैभन्दा सुन्दर महिला बनाउन चाहनुहुन्छ ?”


तब ती व्यक्तिले जवाफ दिए, “हो, बनाउन चाहान्छु ।”


गुरूले भने, “त्यसाे भए, आफ्नो आँखा सधै तल राख्नुहोस र आफ्नाे नजरलाई नियन्त्रण गर्नुहाेस ।”


यसकारण लेखिएको छ - 

“परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ।”

[उपदेशक 9:9]


“तेरो फुहारा आशीर्वादी होस, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।

मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस।”

[हितोपदेश 5:18-19]


“कुनै स्‍त्रीलाई कुदृष्‍टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।”

[अय्यूब 31:1]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...