1. परमेश्वर बिना अब्राहम, एक मुर्ति बेच्नेवाला थिए।
2. परमेश्वर बिना माेसा, एक हत्यारा थिए।
3. परमेश्वर बिना दाऊद, एक गाेठाला थिए।
4. परमेश्वर बिना एलिया, एक किसान थिए।
5. परमेश्वर बिना आमोस, फल बिन्नेवाला थिए।
6. परमेश्वर बिना पत्रुस, मछुवा थिए।
7. परमेश्वर बिना पावल, ख्रीष्ट विराेधी थिए।
तर
8. परमेश्वरकाे साथमा रहेर अब्राहम, विश्वासकाे पिता बने।
9. परमेश्वरकाे साथमा रहेर माेसा, लाखौं मानिसहरूलाई अगुवाइ गरे।
10. परमेश्वरकाे साथमा रहेर दाऊद, इजरायल देशको शक्तिशाली राजा बने।
11. परमेश्वरकाे साथमा रहेर एलिया, परमेश्वरकाे अभिषिक्त भविष्यवक्ता बने।
12. परमेश्वरकाे साथमा रहेर आमोस, परमेश्वरकाे अभिषिक्त भविष्यवक्ता बने।
13. परमेश्वरकाे साथमा रहेर पत्रुस, एक प्रचारमा ३००० जनाले उद्दार पाए।
14. परमेश्वरकाे साथमा रहेर पावल, ख्रीष्ट प्रेमी र परमेश्वरकाे राज्यमा हजारौं आत्मालाई ल्याए।
* परमेश्वर विना हामी अधुरो छाैँ, तर परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामी परमेश्वरकाे राज्यको लागि एक उपयोगी भाँडा बन्नेछाैँ।
यसकारण लेखिएको छ,
“उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
युवक पनि दुर्बल र थकित हुन्छन, र जवान मानिसहरू थाकेर लोट्छन।
तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन।” [यशैया ४०:२९-३१]
“यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।” [यशैया ४१:१०]
“अनि त्यसले वाचाको विरोधमा दुष्ट काम गर्नेहरूलाई चिप्लो घसी-घसी भ्रष्ट पार्नेछ; तर जुन मानिसहरूले आफ्ना परमेश्वरलाई चिन्दछन, उनीहरू बलवान् हुनेछन, र बहादुरी गर्नेछन।” [दानियल ११:३२] KJV
“अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान होओ।” [एफिसी ६:१०]
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।” [यूहन्ना १५:५]
“जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।” [फिलिप्पी ४:१३]

No comments:
Post a Comment