पुस्तक : “परिवर्तित जीवनीहरू”
(९० जना ख्रिष्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही)
येशू मानवजातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो, “म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ” (युहन्ना १०:१०) ।
यो किताब येशूबाट प्रशस्तताको जीवन पाएका मानिसहरूको बारेमा हो । पुस्तकमा तपाईंले ब्रह्माको खोजी गर्दै हिँडेका रबी महाराजले कसरी येशू ख्रीष्टलाई फेला पारे भन्ने विषयमा मात्र नभई सबैबाट त्यागिएकी फातिमा कसरी प्रचारक भइन् भन्ने बारेमा पनि पढ्न पाउनुहुन्छ । कट्टर मुसलमानबाट कट्टर रक्षाशास्त्री बनेका नबिल कुरेसीदेखि बुद्ध धर्मका पुजारीका छोराबाट वरिष्ठ पास्टर बनेका क्रिस्टोफर लापेलको गवाही पुस्तकमा समेटिएको छ । पुस्तकमा अमेरिकामा हवाई आक्रमण गर्ने जापानी कप्तान मित्सुओ फुचिडा कसरी पर्चा पढेर परिवर्तन भई ख्रीष्टका प्रचारक बने भन्ने घतलाग्दो जीवनी पढ्न पाइन्छ । बाइबलका पानाहरू च्यातेका र जलाएकाहरू पनि कसरी महान् प्रचारक बने भन्नेदेखि लिएर ड्रग्सको कुलतमा फसेकाहरूको रूपान्तरणको कथाले पुस्तकलाई निकै प्रेरणादायी बनाएको छ ।
यो ९० जना खिस्टियनको रोचक तथा प्रेरणादायी जीवन गवाहीको बारेमा लिखित पुस्तक हो । एक अर्थमा तिनीहरू 'सेलिब्रेटी' हुन् । चर्च, सङ्गीत, कला, साहित्य तथा राजनीति जस्ता विविध क्षेत्रमा तिनीहरूले उल्लेखनीय योगदान पुऱ्याएका छन् । पुस्तकलाई शीर्षकानुसार ८ ओटा भागमा विभाजन गरिएको छ ।
1. पहिलो भागमा हिन्दु धर्मबाट ख्रिस्टियन बनेकाहरूको जीवनी पढ्न पाइन्छ ।
2. दोस्रोमा इस्लाम धर्मबाट येशूका अनुयायी बनेकाहरूको बारेमा चर्चा गरिएको छ ।
3. तेस्रो भाग यहुदी धर्मलाई छाडी ख्रिस्टियन आस्थालाई अङ्गाल्नेहरूप्रति समर्पित छ ।
4. चौथो भागमा अनीश्वरवादी अर्थात् धर्म नमान्नेहरूबाट ख्रिस्टियन बनेकाहरूको बारेमा उल्लेख गरिएको छ ।
5. पाँचौँ भागमा बुद्ध धर्मबाट येशूलाई पछ्याउनेहरूको बारेमा चर्चा गरिएको छ ।
6. छैटौँ भागमा सिख धर्मबाट येशूलाई पछ्याउनेहरूको बारेमा चर्चा गरिएको छ ।
7. सातौँ भाग पारसी धर्मबाट ख्रीष्टका अनुयायी बनेकाहरूप्रति समर्पित छ ।
8. आठौँ अर्थात् अन्तिम भागमा चाहिँ विविध धर्मबाट ख्रिस्टियन बनेकाहरूको बारेमा चर्चा गरिएको छ ।
* याे पुस्तक तपाईंले ख्रीष्टियान पुस्तक पसलहरूबाट प्राप्त गर्न सक्नुहुनेछ!

No comments:
Post a Comment