Monday, December 30, 2024

परमेश्वर, देहधारण र उद्दारकाे याेजना

 



1. अदनकाे बगैंचामा मानिसकाे पतन हुँदा, उहाँलाई थाहा थियो ।


2. नाेआको समयमा जलप्रलय हुँदा, उहाँलाई थाहा थियो ।


3. बलिदान, रीतिरिवाज, व्यवस्थाहरू दिँदा, उहाँलाई थाहा थियो ।


4. पाप मार्फत विनाश, युद्ध र अनिकाल हुँदा, उहाँलाई थाहा थियो ।


5. न्यायकर्ताहरू, अगमवक्ताहरू, राजाहरू हुँदा, उहाँलाई थाहा थियो ।


6. सिंहको खाेर, विशाल दैत्य गोल्यत, विशाल माछाको पेट, उहाँलाई थाहा थियो ।


7. मानव इतिहासमा मानिसलाई के हुनेछ भनेर उहाँलाई पहिले नै थाहा थियो ।


8. उहाँलाई येशू ख्रीष्टकाे जन्म (क्रिसमस) को बारेमा पनि थाहा थियो ।


9. उत्पत्ति १:१ भन्दा पहिले, सबै चीजहरू “वास्तवमै खराब” हुनु अघि नै सबै उहाँलाई थाहा थियो ।


उहाँले पहिले नै आफ्नो मन बनाइसक्नुभएको थियो कि उहाँले मानव शरीर धारण गर्नुहुनेछ, किनभने यो उहाँका छोराछोरीहरूलाई बचाउन सक्ने एक मात्र तरिका थियो ।


येशू ख्रीष्टकाे जन्म (क्रिसमस), ख्रीष्ट, सधैं उहाँको योजनामा थियो ।


यो जन्माेत्सव हामीले मनाउँछौं, यो डुँडमा सुतिरहेको बच्चाको बारेमा मात्र होइन, तर यो त उहाँको उद्धारकाे योजनाको बारेमा हो । तपाईं र मेरो लागि साथै सबै मानव जातीकाे लागि हाे ।


याे इतिहासको सबै समयको सबैभन्दा महान योजना हाे ।


याे समयकाे शुरू हुनुभन्दा पहिले नै परमेश्वरले बनाउनुभएकाे योजना हाे ।


उहाँलाई हाम्रो टुटेको अवस्था थाहा थियो, त्यसैले उहाँले आफैलाई तोड्न योग्य बनाउनुभयो, उहाँले आफैलाई मानव बनाउनुभयो ।


म आशा गर्दछु कि यो क्रिसमस तपाईंकाे लागि उहाँको लागि गर्नुभएको अचम्मको प्रेम महसुस गर्नुहुनेछ ।


मलाई आशा छ कि तपाईंले एक सर्वज्ञानी परमेश्वरको सत्यतामा अचम्मित हुनुहुनेछ, जसले यो सुरु हुनु अघि नै अनन्तको लागि योजना बनाउनुभयो । त्यस समयमा तपाईं पनि उहाँको मनमा हुनुहुन्थ्यो ।


म परमेश्वरलाई सधै धन्यवाद दिन्छु, जसले हामीलाई के चाहिन्छ सबै कुरा थाहा छ र अझै पनि पुरा र सम्पुर्ण रूपमा थाहा छ ।


यसकारण परमेश्वर हाम्रो सृजनहार, पालनहार र तारणहार हुनुहुन्छ ।


यसकारण लेखिएको छ,

“आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। 

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।” [युहन्ना १:१-२, १४]


यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ।” [हिब्रू १०:५]


“हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान छ: उहाँ स्वयम शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।” [१ तिमाेथी ३:१६]


“तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।” [२ काेरन्थी ४:४]


“उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन।” [कलस्सी १:१५-१६]


“किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ।” [कलस्सी २:९]


“...संसारको सृष्टिदेखि नै मारिनुभएका थुमा...।” [प्रकाश १३:८]


“तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। 

उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो।” [१ पत्रुस १:१९-२०]


Source :

https://www.facebook.com/100044149013620/posts/pfbid0cZhHZ2jLjLhQxGggwywZwk48u4JSH6mGWYD3xD9KHmX5fxRmnnEPwzpQwSoV6BFAl/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...