Tuesday, December 31, 2024

येशू ख्रीष्ट र नयाँ बर्ष

 



 2025 मा पनि...


1. येशू ख्रीष्ट जीवित हुनुहुन्छ ।


2. येशु ख्रीष्टले अधिराज्य गर्दै हुनुहुन्छ ।


3. येशू ख्रीष्टले हाम्रो लागि मध्यस्थता गर्दै हुनुहुन्छ ।


4. येशू ख्रीष्टले हाम्रो लागि ठाउँ तयार गर्दै हुनुहुन्छ ।


5. येशू ख्रीष्टले आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ ।


6. येशू ख्रीष्टले हामीलाई पवित्र गरिरहनुभएको छ ।


7. येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ ।


यसकारण याे नयाँ बर्ष हाम्रो लागि धेरै चिन्ताकाे बिषय हाेईन, तर हाम्रो लागि नयाँ आशाले भरिएको समय हाे ।


* सालहरू बदलिन्छन, तर येशू ख्रीष्ट हिजो, आज र सधैंभरी एकसमान हुनुहुन्छ ।


* हाम्रो आशा नयाँ वर्षमा होइन, तर सबै कुरा नयाँ बनाउनुहुने येशू ख्रीष्टमा छ ।


* संसारका राष्ट्रपतिहरू बदलिन्छन, तर येशू ख्रीष्ट आज र सधैंभरी राजाहरूका राजा हुनुहुन्छ ।


* मलाई थाहा छैन भोलि के हुन्छ, तर मलाई याे थाहा छ कि भोलि कसकाे नियन्त्रणमा छ ।


* ज्ञात परमेश्वरमा अज्ञात भविष्यमा भरोसा गर्न कहिल्यै नडराउनुहोस । 


* हामी गिर्छाैँ, हामी टुट्छाैँ, हामी असफल हुन्छौं, तर येशू ख्रीष्टको साथ, फेरि हामी उठ्छौं, हामी निको हुन्छौं र हामी जित्छौं ।


* के तपाईं बारम्बार असफल हुनुभएको छ ? याे नयाँ सालमा फेरि प्रयास गर्नुहोस, तर यस पटक परमेश्वरसँग प्रयास गर्नुहोस ।



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...