Tuesday, December 24, 2024

येशूकाे जन्मकाे कथा र अर्थ

 



 येशूकाे जन्मकाे कथा र अर्थसँग हरियो रूखहरूमा झुन्डिएको चकलेट, चम्किलो घण्टीहरू, सुन्दर ढङ्गले बेरिएका उपहारहरू, हिउँ र एक घोडाको बग्गीसँग कुनै सरोकार छैन । येशूको जन्म “मानव शरिर धारण गर्नु” (The Incarnation) हो, जसको अर्थ... Incarnatus (ल्याटिन भाषामा) “शरीर बन्ने कार्य” भन्ने हुन्छ ।


कल्पना गर्नुहोस... एक सर्वशक्तिमान, अनन्त, स्व-अस्तित्व, सारा आकाश मण्डलकाे राजा, जो सारा विश्वकाे सबै चीजहरू, साथै याे सानो निलाे ग्रह (पृथ्वी) को सृष्टिकर्ता पनि हुनुहुन्छ । 


कल्पना गर्नुहोस... उहाँले आफ्नो अनन्त, सर्वशक्तिमान अस्तित्वलाई त्याग्दै हुनुहुन्छ... उहाँ प्रकाश वर्षहरू र युगहरू र आकाश-मण्डलहरूद्वारा पूर्णतया अपरिचित बन्दै हुनुहुन्छ... उहाँले रचना गर्नुभएको अन्तरिक्षमा, आफैले बनाएको क्रमकाे गतिलाई कम गर्दै... आफैलाई सीमित बनाउँदै, स्वयं सृष्टि बन्दै र उहाँ आफैले सृष्टि गरेको शरिरमा कुनै न कुनै रूपमा एक मानव बच्चाकाे रूपमा प्रवेश हुनुहुन्छ ।

उहाँ आफैले सृष्टि गर्नुभएको प्राणीहरू मध्ये एकको रूपमा अर्थात मानिसको रूपमा जीउन सीमित पार्नुहुन्छ ।


कल्पना गर्नुहोस... तर.. किन.. उहाँले यस्तो काम गर्नुहाेला ? उहाँले किन यस्तो ठूलो जोखिम लिनुभयाे ? किनभने... उहाँले आफ्नो सृष्टिलाई... अर्थात मानिसलाई प्रेम गर्नुभयो... र सम्पूर्ण मानिसको लागि “शरीरमा जीउन” र मानव मृत्युमा “मर्न” इच्छुक हुनुभयाे । पापकाे ज्याला मृत्यु हाे, र यसको मुल्य तिर्न र मानिसहरूलाई पापकाे बन्धनदेखि मुक्त गर्न र अनन्त मृत्युको दण्डबाट बचाउन उहाँ मानिस बनेर आउनुपर्याे । याे तपाईंको लागि र मेरो लागि थियोे । ताकि हामी साँच्चै बाँच्न सकाैँ । क्रिसमसकाे वास्तविक कथा यही हो । यही नै सारा मानव जातीको निम्ति अनन्त उपहार पनि हाे । 


परमेश्वरले मानिसको “शरिर” धारण गर्नुभयो । इम्मानुएल, अर्थात, “परमेश्वर हामीसँग” र “परमेश्वर हाम्रो लागि” हुनुहुन्छ !


* क्रिसमस जसको बारेमा बाइबलले केही पनि भनेको छैन, त्यस बारेमा हामीले पनि केही गर्नु या भन्नू सहि हाेइन । प्रीयहरू, जब हामीलाई एउटा यस्तो पक्का प्रमाण मिल्दैन, कि येशूकाे जन्म 25 डिसेम्बरमा नै भएको थियोे, र त्यसैदिन विश्वासीहरूले क्रिसमसलाई मनाउथे । तर हामीले याे बुझ्न आवश्यक छ कि आजको क्रिसमस केवल मानिसले निर्धारण गरेको एकदिन मात्रै हाे । तर हामी जान्दछौं कि येशू एकदिन अवश्य जन्मनु भएको थियोे । यसकारण हामीले याे क्रिसमसकाे अवसरलाई येशूकाे प्रेम र उहाँको सन्देशलाई मानिसहरू कहाँ पुर्‍याउन अधिक प्रयोग गराैँ । जसरी 1 काेरिन्थी 10:31 मा पावलले भन्छन, “यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर ।” 


यसकारण लेखिएको छ,

“किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।” [यशैया ९:६]


“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात प्राचीनकालदेखि नै छ।” [मीका ५:२]


परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।” [भजनसंग्रह २:७]


“अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।” [यूहन्ना १:१४]


स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। 

अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। 

उहाँ महान हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। 

उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।” [लुका १:२८-३३]


Sources :

1. https://www.gotquestions.org/God-incarnate.html

2. https://www.gotquestions.org/incarnation-of-Christ.html

3. https://www.facebook.com/share/p/13xuEfhSBD/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...