1. उहाँ एक शिशुको रूपमा जन्मनुभयाे ।
2. उहाँ एक बालकको रूपमा प्रचार गर्नुभयो ।
3. उहाँ एक पुरूषको रूपमा मारिनुभयाे ।
4. उहाँ एक विजेताको रूपमा जीवित हुनुभयो ।
5. उहाँ एक राजाको रूपमा फेरि फर्कनुहुनेछ ।
6. उहाँ मेरो लागि जिउनुभयो ।
7. उहाँ मेरो लागि मर्नुभयो ।
8. उहाँ मेरो लागि जीवित हुनुभयो ।
9. उहाँ मेरो लागि मध्यस्थता गर्नुहुन्छ ।
10. उहाँ मेरो लागि फेरि आउँदै हुनुहुन्छ ।
उहाँले भन्नुभयो...
11. “म आउनेछु !” - उहाँ आउनुभयो ! (यशैया ९:६), (लूका २:१०-११)
12. “म मर्नेछु !” - उहाँ मर्नुभयो ! (मत्ती १७:२३), (यूहन्ना १९:३०)
13. “म पुनरुत्थान हुनेछु !” - उहाँ पुनरुत्थान हुनुभयो ! (मत्ती १७:२३, २८:६)
14. “म फर्कनेछु !” - त्यसैले तयार हुनुहोस ! (यूहन्ना १४:२-३), (रोमी ६:२३, १०:९)
* येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभयो र पूरा गर्नुभयो !
चिहान खाली छ।
ख्रीष्ट बौरिउठ्नुभएको छ।
मृत्युमाथि विजय भएको छ।
प्रभुले शासन गर्नुहुन्छ।
राजा फर्किदै हुनुहुन्छ।
यसकारण लेखिएको छ,
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस।” [यूहन्ना ३:१६]
“हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।” [१ यूहन्ना ३:१]
“उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,
यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस।” [एफिसी १:५-६]
तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” [प्रेरित १:११]
आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन, र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन।” [यहूदा १:१४-५]
“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।
म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।” [प्रकाश २२:१२-१३]
Sources :
1. https://www.walmart.com/ip/J-E-S-U-S-Born-Baby-J-Preached-child-E-Killed-man-S-Arose-victor-U-Coming-back-King-S-Paperback-9781662852510/1152095846
2. https://teenavi.com/product/jesus-born-as-a-baby-preached-as-a-child-killed-as-a-man-t-shirt/
3. https://heeearingwithheart.wordpress.com/2023/01/
4. https://www.linkedin.com/posts/rev-fredy-paul-85247a37_jesus-promised-fulfilled-1-i-will-come-activity-7217139655253590016-Q7Aa
5. https://podpoint.com/solid-rock-baptist-church-of-rockwell-nc/he-lived-for-me-he-died-for-me-he-rose-for-me-he-intercedes-for-me-he-is-coming-back-for-me
6. https://www.linkedin.com/posts/prem-sarkar-a806891a_my-saviour-and-god-lord-jesus-christ-activity-7113908816450134016-EBTR


No comments:
Post a Comment