1. क्रिसमसकाे दिन क्रिसमस ट्रीमा झुण्ड्याइएका उपहारहरू केटाकेटीहरूले पाउँछन । कति ठूलाहरूले पनि पाउँछन । अन्तमा सानी ठिटीले आमालाई सोध्छिन, “आमा, ख्रीष्ट येशूको जन्म दिन होइन ! उहाँले त कुनै उपहार पाउनुभएन नि ?”
* याे क्रिसमसमा तपाईंसँग उहाँलाई दिन सक्ने उत्तम उपहार के छ ?
2. दुईजना पुरुषहरू रेल चढ्नुपर्दा भन्छन, “पहिले तपाईं... ।”
अर्कोले भन्छ, “पहिले तपाईं... ।”
दोहोऱ्याउँदा-दोहोऱ्याउँदै रेल छुट्छ ।
* क्रिसमस मनाउँदै आइरहेका छौं । कहिँ हामीले पनि ख्रीष्टलाई छुटाउने काम त गरिरहेका छैनौं ?
3. छोरो एक वर्ष पुगेको जन्मदिनको खुसीयालीमा आमा-बुबाले आफ्ना सन्तान, साथी र छिमेकीहरूलाई बोलाउँछन । उत्सवको वेला हुन्छ, तर वर्षदिन पुगेको बालकलाई कसैले देखेको छैन । आमा-बुबा अत्तालिन्छन र बालकलाई चारैतिर खाेज्छन । अन्तमा बालकलाई ओछ्यानमै पाहुनाहरूले फुकालेर राखेको काेट र खास्टाेले थिचिरहेको भेट्छन ।
* के हामी पनि संसारका बाहिरी थाेकहरूकाे कारणले क्रिसमसकाे प्रभुलाई भेट्न असमर्थ त भएका छैनौं ?
यसकारण लेखिएको छ,
“यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।” [रोमी १२:१-२]
Source :
२०० दृष्टान्त चित्रहरू, सलाेन कार्थक, प्रकाशक : प्रकाशन, दाेस्राे संस्करण, जुन २०१३, वरदान पृष्ठ १५-१६

No comments:
Post a Comment