1. येशूले मेरो... विद्रोह, आफुखुशीलाई लिनुभयो,
र मलाई... पुनर्स्थापित संगति दिनुभयो ।
“हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।” [यशैया ५३:६]
“जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन।” [यूहन्ना १७:२२]
2. येशूले मेरो... हृदयको अधर्महरू लिनुभयो,
र मलाई... नयाँ हृदय र नयाँ आत्मा दिनुभयो ।
“तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो।” [यशैया ५३:५]
“म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु।” [इजकिएल ३६:२६]
3. येशूले मेरो... पापहरू लिनुभयो,
र मलाई... उहाँको धार्मिकता दिनुभयो ।
“किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।” [२ कोरिन्थी ५:२१]
4. येशूले मेरो... पराजय लिनुभयो,
र मलाई... पापमाथि विजय हुने शक्ति दिनुभयो ।
“हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।” [१ पत्रुस २:२४]
5. येशूले मेरो... लाज लिनुभयो,
र मलाई... परमेश्वरको महिमा दिनुभयो ।
“हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो...।” [हिब्रू १२:२]
“जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु...।” [यूहन्ना १७:२२]
6. येशूले मेरो... श्राप लिनुभयो,
र मलाई...परमेश्वरको आशीष, पवित्र आत्मा दिनुभयो ।
“हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो... ...ताकि अब्राहामलाई दिइएको आशिष ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं।” [गलाती ३-१३-१४]
7. येशूले मेरो... रोग लिनुभयो,
र मलाई... चंगाई दिनुभयो ।
“उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।” [१ पत्रुस २:२४]
8. येशूले मेरो... गरिबी लिनुभयो,
र मलाई... उहाँको धन दिनुभयो ।
“...उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।” [२ कोरिन्थी ८:९]
9. येशूले मेरो... दु:ख, पश्चाताप लिनुभयो,
र मलाई ... आशा दिनुभयो ।
“निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।” [यशैया ५३:४]
“यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।” [कलस्सी १:२७]
10. येशूले मेरो... चिन्ता लिनुभयो,
र मलाई... आनन्द, शान्ति दिनुभयो ।
“प्रभुमा सधैँ आनन्द गर... कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।” [फिलिप्पी ४:४-७]
11. येशूले मेरो ... अस्वीकार, डर लिनुभयो,
र मलाई... परमेश्वरको छोराको रूपमा धर्मपुत्र हुने अधिकार दिनुभयो ।
“...हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” [मत्ती २७:४६]
“उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो।” [एफिसी १:५]
12. येशूले मेरो... मृत्यु लिनुभयो,
र मलाई... अनन्त जीवन दिनुभयो ।
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” [रोमी ६:२३]
मेरो स्वीकारोक्ति र क्रुसको शक्तिको बिचमा सम्बन्ध :
– म ख्रीष्टमा पूर्ण छु!
1. येशूले मेरो विद्रोह र स्वतन्त्रता लिनुभएको छ र मैले परमेश्वरसँग दैनिक संगति पुनर्स्थापित गरेको छु।
2. येशूले मेरो अँध्यारो हृदयलाई हटाउनुभयो र मैले नयाँ हृदय पाएको छु, जुन परमेश्वरको इच्छाले भरिएको छ।
3. येशूले मेरो पाप हटाउनुभयो र अब म दैनिक ख्रीष्टको धार्मिकताको लुगा लगाउँछु।
4. येशूले पापको शक्ति हटाउनुभयो र अब मसँग पवित्रतामा बाँच्ने शक्ति र जोश छ।
5. येशूले मेरो लाज लिनुभयो र अब म उहाँको महिमा परावर्तन गर्छु।
6. येशूले श्राप हटाउनुभयो र परमेश्वरको आशिषहरू अनुभव गर्दै म आत्माद्वारा हिंड्छु।
7. येशूले मेरो रोगहरू लिनुभयो र म ईश्वरीय स्वास्थ्यमा बाँचिरहेको छु।
8. येशूले मेरो गरिबी लिनुभयो र म अहिले प्रशस्ततामा बाँचिरहेको छु।
9. येशूले मेरो दु:ख र पश्चात्ताप लिनुभयो र अब आशाले दिनहुँ मेरो हृदय भरिन्छ।
10. येशूले मेरो चिन्ता लिनुभयो, अब आनन्द र शान्तिले मेरो हृदयको रक्षा गर्दछ।
11. येशूले मेरो अस्वीकारको डर हटाउनुभयो र मलाई आफ्नो परिवारमा ग्रहण गर्नुभयो, मलाई जोशका साथ माया गर्नुभयो।
12. येशूले मेरो मृत्युको अनुभव गर्नुभयो र अब मैले अनन्त जीवन पाएको छु।
क्रुस पर्याप्त छ :
म विश्वास गर्छु, बोल्छु र समात्छु कि “क्रसले मलाई निर्दोष बनाएको छ!” ख्रीष्टले प्रबन्ध गर्नुभएका कुराहरू मैले पहिरिएकाे छु ।
1. परमेश्वरसँग आत्मिक घनिष्टता - तिनीहरू एक हुन सक्छन, जसरी हामी एक छौं । (यूहन्ना १७:२२)
2. एक चंगाई पाएकाे हृदय - एउटा नयाँ हृदय र नयाँ आत्मा म तिमीलाई दिन्छु । (इजकिएल ३६:२६)
3. ख्रीष्टको धार्मिकताले सजिएको - हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सक्छौं । (२ कोरिन्थी ५:२१)
4. पापमाथि शक्ति - हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । (१ पत्रुस २:२४)
5. ईश्वरीय महिमा - तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु । (यूहन्ना १७:२२)
6. पवित्र आत्मा - हामीले विश्वासद्वारा आत्माको प्रतिज्ञा प्राप्त गर्छौं । (गलाती ३:१३-१४)
7. शारीरिक चंगाई - उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ । (१ पत्रुस २:२४)
8. आर्थिक समृद्धि - उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक । (२ कोरिन्थी ८:९)
9. आशा - यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो । (कलस्सी १:२७)
10. शान्ति - हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ । (फिलिप्पी ४:६-७)
11. एक परिवार - उहाँले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नाे सन्तानको रूपमा ग्रहण गर्न पूर्वनिर्धारित गर्नुभयो । (एफिसी १:५)
12. अनन्त जीवन - परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो । (रोमी ६:२३)
Sources :
1. https://www.cwgministries.org/blogs/power-cross-where-divine-exchange-took-place
2. https://youtu.be/aspk7BT-M3c?si=6yNAc4WYHekSRmy-
3. https://youtu.be/4AWzsGVhSWQ?si=y75XRHdgC6FRWmt5


No comments:
Post a Comment