Thursday, December 19, 2024

आदम (विधाविचार) : ख्रीष्ट येशूको प्रतिरूप

 


1. पहिलो आदम, र दोस्रो/अन्तिम आदम (ख्रीष्ट येशू) हुनुहुन्छ। (र हब्बा “सबै जीवितहरूको आमा”, साथै, ख्रीष्ट येशूमा “सबै जीवितहरूकाे” नयाँ यरूशलेम “आमा” हुन। आदमचाहिँ “आउनुहुनेको प्रतिरूप (छाँया)” थिए, जाे ख्रीष्ट येशू हुनुहुन्छ। [रोमी ५:१४, १ कोरिन्थी १५:४५-४७]


 * “प्रतिरूप/छाँया” शब्द (रोमी ५:१४ KJV) ग्रीक भाषामा, “τυπος”, “tupos”, वा अंग्रेजीमा, “Type” हो।


 * Tupos = प्रतिरूप, आकृति, प्रतीक, ढाँचा, छाँया, फेसन हुन्छ। 


 * रोमी ५:१४ मा आदम आउनुहुने उहाँ (येशू) को “छाँया” हुनुहुन्थ्यो। 


 * १ कोरिन्थी १०:६,११ KJV मा  “ensample/s” (उदाहरण) भनेको “tupos” हो, जसबाट हामीले सिक्नुपर्दछ, “ढाँचा/नमुना”।  


* यीचाहिँ आउने कुराका छाँया मात्र हुन, वास्तविक होइन तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ। [कलस्सी २:१७, हिब्रू १०:१]


*  पुरानो करारकाे समयमा पुजारीहरू र प्रधान पूजाहारीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छाँयाको सेवा गर्दथे। [हिब्रू ८:५]


“ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ।” [हिब्रू ९:२४]


 ...“रूप/प्रतिरुप”... [१ पत्रुस ३:२१]


2. पहिलो आदम, दोस्रो/अन्तिम आदम, येशूको प्रतिरुप हो। 

 “यसकारण यस्तो लेखिएको छ, 'पहिलो मानिस आदम जीवित प्राणी भयो।' अन्तिम आदम जीवन दिने आत्मा भयो। 

पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो। 

पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।” [१ कोरिन्थी १५:४५-४७]


3. आदम - “पहिलो मानिस” हुन। (उत्पत्ति १:२६, “אדם”, “ADM”, Adam)


 येशू ख्रीष्ट - “अन्तिम आदम” [१ कोरिन्थी १५:४५], “दोस्रो मानिस” [१ कोरिन्थी १५:४७] हुनुहुन्छ, र उहाँ नै ​​परमप्रभु (अर्थात Kurios, जेहोवा इम्मानुएल, जेहोवा येशू) स्वर्गबाट हुनुहुन्थ्यो।


4. आदम - पहिलो, परमेश्वरको अद्वितीय पुत्र थिए। [लूका ३:३८] (सृष्टि गरिएको)


 येशू ख्रीष्ट - परमेश्वरको एक अद्वितीय पुत्र हुनुहुन्छ। [मत्ती १४:३३, १६:१६; यूहन्ना १०:३०, आदि] सृष्टि नगरिएको र अनन्त मात्र पिताबाट हाे, यद्यपि उहाँको पार्थिव शरीर सृष्टि गरिएको थियो। [हिब्रू १०:५]


5. आदम - “प्रभुता” दिइएको थियो। [उत्पत्ति १:२६,२८; मिका ४:८]


  येशू ख्रीष्ट - त्यसै गरी प्रभुत्व दिनुभयो। [भजन ११०:१; दानिएल ७:१४; मत्ती २२:४४, २८:२८; मर्कुस १२:३६; लूका १०:२२, २०:४३; यूहन्ना १७:२; एफेसी १:२१; हिब्रू १:१३, १०:१३]


6. आदम - महिमाको मुकुट लगाएका थिए। [भजन ८:४-६]


  येशू ख्रीष्ट - महिमा र सम्मानको मुकुट, काँडाको मुकुट र धेरै मुकुट पहिराउनुभयो। [भजन ८:५; मत्ती २७:२९; मर्कुस १५:१७; यूहन्ना १९:२,५; हिब्रू २:९; प्रकाश १९:१२]


7. आदम - परमेश्वरले उनीसँग सीधा कुरा गर्नुभयाे। [उत्पत्ति १:२८-३०, २:१५-१७, ३:८-१४,१७-१९]


  येशू ख्रीष्ट - परमेश्वरले उहाँसँग सीधै बोल्नुभयो। [मत्ती ३:१७; मर्कुस १:११; लुका ३:२२; यूहन्ना १२:२८; २ पत्रुस १:१७,१८]


8. आदम - हव्वासँग विवाह गरे। [उत्पत्ति २:२१-२५, ४:१,२५; २ कोरिन्थी ११:३; १ तिमोथी २:१३]


  येशू ख्रीष्ट - उहाँको हव्वा (मण्डली) सँग विवाह गर्नुभयो। [मत्ती ९:१५, २५:१,५,६,१०; मर्कुस २:१९,२०; लूका ५:३४,३५; यूहन्ना ३:२९;  प्रकाश १८:२३, २१:२,९, २२:१७]


9. आदम - दु:खको मानिस थिए। [उत्पत्ति ३:१६-२४, ४:८-१४]


  येशू ख्रीष्ट - दुःखको मानिस हुनुहुन्छ। [यशै. ५३:३; लूका १९:४१; यूहन्ना ११:३५,३८; हिब्रू ५:७]


10. आदम - परमेश्वरको पुत्र थिए। [उत्पत्ति १:२६-३०, २:७-८,१५-२५; लुका ३:३८]


 येशु ख्रीष्ट - परमेश्वरका पुत्र हुनुहुन्छ। [दानिएल ३:२५; मत्ती ४:३,६, ८:२९, १४:३३, १६:१६, २६:६३, २७:४०,४३,५४; मर्कुस १:१, ३:११, १४:६१, १५:३९, लूका १:३२,३५, ३:३८ ४:३,९,४१, ८:२८, २२:७०; युहन्ना १:३४,४९, ३:१८, ५:२५, ६:६९, ९:३५, १०:३६, ११:४,२७, १९:७, २०:३१; प्रेरित ८:३७, ९:२०; रोमी १:४; २ काेरन्थी १:१९; गलाती २:२०; एफेसी ४:१३; हिब्रू ४:१४, ६:६, ७:३, १०:२९; १ युहन्ना ३:८, ४:१५, ५:५,१०,१२,१३,२०; प्रकाश २:१८]


11. आदम - उहाँका पिताद्वारा उपहारहरू दिईएकाे थियो। [उत्पत्ति २:८-२५, ३:१५,२२, ४:१-२,२५]


  येशू ख्रीष्ट - उहाँको पिताद्वारा उपहारहरू दिनुभएको थियो। [यशैया ८:१८; यूहन्ना ३:३५, ५:२६,३६, ६:३९, १३:३, १७:११,२४, १८:११; हिब्रू २:१३]


12. आदम - बगालको गोठालो थिए। [उत्पत्ति १:२६,२८, २:१९-२०; भजन ८:६-८; मिका ४:८]


  येशू ख्रीष्ट - बगालको प्रधान गोठालो हुनुहुन्छ। [जकरिया १३:७; मत्ती ९:३६, २५:३२, २६:३१; मर्कुस ६:३४, १४:२७; लुका १५:६; यूहन्ना १०: २-१६,२७, २१:१५-१७; प्रकाश २:२७, १२:५, १९:१५]


13. आदम - बीउ छरे र फसल कटनी गरे। [उत्पत्ति ३:१७-१९]


  येशू ख्रीष्ट - आफैले असल बीउ छर्नुभयो र कटनी गर्नुहुन्छ। [मत्ती १३:१-४३; मर्कुस ४:१-३४; लूका १०:२; यूहन्ना ४:३५-३८; प्रकाश १४:१-२०]


14. आदम - सँग काँढ़ा र सिउँड़ीहरू थिए। [उत्पत्ति ३:१८]


  येशू ख्रीष्ट - सँग काँढ़ाको मुकुट थियोे। [मत्ती २७:२९; मर्कुस १५:१७; यूहन्ना १९:२,५]


15. आदम - काे शरीर महिमित शरीरबाट सुरु हुन्छ [भजन ८:५] र पापको कारणले महिमाकाे ज्योति गयाे, नाङ्गो र लज्जित भए [उत्पत्ति ३:१०] पतित पापमय स्वभाव छ [रोमी ८:३]।


 येशू ख्रीष्ट - को जन्म [लुका १:३५], पवित्र आत्माद्वारा (आत्मा), मरियम (शरीर) बाट भयाे [यूहन्ना ३:६], पतित पापी शरीरको समानताबाट सुरु हुन्छ (उहाँलाई पापी बनाउँदैन, हेर्नुहोस १ यूहन्ना ३:४) जसरी हामीसँग छ [मत्ती १:१-१८; लूका ३:२३-३८; यूहन्ना ७:४२;  रोमी १:३; हिब्रू २:१६] तर उहाँको पुनरुत्थान हुँदा सदाको लागि महिमित हुनेछ। [युहन्ना १२:१६, १७:५, प्रेरित ३:१३; फिलिप्पी ३:२१, प्रकाश १:१३-२० आदि]


16. आदम - छैठौं दिनमा सुत्न गए। [उत्पत्ति २:२१]


 येशू ख्रीष्ट - छैठौं दिनमा सुत्नु भयो। [मत्ती २८:६; मार्क १५:३७,३९; लुका २३:४६]


17. आदम - ले साताैँ दिन पालन गरे। [मर्कुस २:२७; उत्पत्ति २:१-३; प्रस्थान २०:८-११, आदि]


 येशू ख्रीष्ट - ले साताैँ दिन (लूका ४:१६; मर्कुस २:२७-२८), मृत्युमा पनि पालन गरियाे (लूका २३:५४-५६, २४:१-२)।


18. आदम - उनको काेखाबाट हब्बालाई बनाउन खोलिएको थियो। [उत्पत्ति २:२१]


 येशू ख्रीष्ट - उहाँको काेखामा भालाले घाेँचेर खोलियो। [यूहन्ना १९:३४; १ यूहन्ना ५:६,८]


19. आदम - उनको छेउबाट उनको दुलही/पत्नी, हव्वा, उनको हड्डीको हड्डी, उसको मासुको मासु आउँछिन। [उत्पत्ति २:२१-२५]


 येशू ख्रीष्ट - उहाँको छेउबाट उहाँको दुलही (मण्डली) आउँछिन। [एफिसी ५:२२-३३, श्रेष्ठगीत ८:५]


20. आदम - बगैंचामा थिए। [उत्पत्ति २:७-८]


 येशू ख्रीष्ट - धेरै बगैंचाहरूमा हुनुहुन्थ्यो। [उत्पत्ति ३:८; यूहन्ना १८:१,२६, १९:४१; प्रकाश २:७]


21. आदम - धेरै छोरा र छोरीहरू छन। [उत्पत्ति ५:४]


 येशू ख्रीष्ट - धेरै छोरा र छोरीहरू छन। [हिब्रू २:९-१८ (vs. १३); यशैया ८:८-२० (vs. १८); यूहन्ना १३:३३, १७:६,१२] (उहाँ साँचो इस्राएल हुनुहुन्छ; मत्ती २:१३:१५; हाेशे ११:१, यर्मिया ३१:३३, हिब्रू ३:६, ८:८,१०)


22. आदम - पापको कारण मरे। [उत्पत्ति २:१७; भजन ९०:४; २ पत्रुस ३:८; उत्पत्ति ५:५]


 येशू ख्रीष्ट - हाम्रा पापहरूका कारण मर्नुभयो। [प्रकाश ५:६,१२, १३:८; मत्ती १:२१, २८:६; मर्कुस १५:३७,३९; लुका २३:४६; १ कोरिन्थी १५:३, २ कोरिन्थी ५:२१, गलाती १:४;  हिब्रू ९:२८, १०:१२, १ पत्रुस २:२४, ३:१८; १ यूहन्ना २:२,१२, ३:५, ४:१०]


23. आदम - बगैँचाबाट उजाडस्थानमा निकालियाे। [उत्पत्ति ३:२४]


 येशू ख्रीष्ट - बगैंचामा पस्न उजाडस्थानमा विजयी हुनुभयो, र सहरबाट बाहिर धकेलियो, दुःख भोग्नुभयाे। [मत्ती ४:१; मर्कुस १:१३; लुका ४:१, १३:३३; हिब्रू १३:१२]


24. आदम - “परमेश्वरको स्वरूप” मा बनाइएको थियो। [उत्पत्ति १:२६-२७]


 येशू ख्रीष्ट - उहाँको पिताको “महिमाको प्रतिबिम्ब र प्रतिरूप” हुनुहुन्छ। [हिब्रू १:३]


25. आदम - द्वारा सबै मानिसहरूमाथि मृत्यु आयो। [१ कोरिन्थी १५:२१-२२]


 येशू ख्रीष्ट - विश्वास गर्ने सबैको लागि अनन्त जीवनको लागि पुनरुत्थान बनेर आउनुभयो। [१ कोरिन्थी १५:२१-२२]


26. आदम - ले जनावरहरूलाई नाम दिए। [उत्पत्ति २:२०]


 येशू ख्रीष्ट - मानिसहरूलाई नामहरू दिनुभयो। [उत्पत्ति १७:५,१५, ३२:२८, ३५:१०; २ शमूएल १२:२५; नेहम्याह ९:७; मत्ती ४:१८; मर्कुस ३:१६,१७; लूका ६:१४, आदि]


27. आदम - रूखकाे प्रबन्ध छ, जहाँ पाप गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्थ्याे। [उत्पत्ति २:१६,१७]


 येशू ख्रीष्ट - रूखकाे प्रबन्ध छ, जहाँ सारा मानवजातीकाे पापकाे बली हुनुहुनेछ। [व्यवस्था २१:२२-२३; प्रेरित ५:३०, १०:३९, ३०:२९; गलाती ३:१३; १ पत्रुस २:२४, आदि]


28. आदम - पापको कारण नाङ्गो बन्यो। [उत्पत्ति ३:१०]


 येशू ख्रीष्ट - हाम्रा पापहरूको लागि नाङ्गो हुनुहुन्थ्यो। [हिब्रू १२:२]


29. आदम - काे कारण एउटा थुमा मारियो। [उत्पत्ति ३:२१; प्रकाश १३:८]


 येशू ख्रीष्ट - आदमको लागि मारिएको थुमा हुनुहुन्छ। [यूहन्ना १:२९,३६; १ कोरिन्थी ५:७; प्रकाश ५:६, १३:८]


30. आदम - दुई प्रकारका पुत्रहरू छन (केन (दुष्ट/हराएको) र हाबिल (धर्मी/विश्वासद्वारा/बचाइएको) [उत्पत्ति ४:१-१७]


 येशू ख्रीष्ट - दुई प्रकारका अनुयायीहरू छन (भेडा र बाख्राहरू [मत्ती २५:३१-४७], गहुँ र सारा [मत्ती १३:२४-३०,३८], बुद्धिमान र मूर्ख [मत्ती २५:१-१३])


31. आदम - हव्वा मार्फत सर्पको सामना गरे, र  पतन भए। [उत्पत्ति 3:6-12]


 येशू ख्रीष्ट - प्रत्यक्ष सर्पको (शैतान) सामना गर्नुभयो, आफ्नै मानिसहरू मार्फत पनि, तर उहाँ विजयी बन्नुभयाे। [मत्ती ४:१-११, १६:१, १९:३, २२:३५; मर्कुस १:१२-१३, ८:११, १०:२, लूका ४:१-१३; ११: १६, युहन्ना ८:६, प्रकाश १२:७-१०]


32. आदम - परीक्षा भयाे। [उत्पत्ति ३:६] (हारे)

 येशू ख्रीष्ट - परीक्षा भयाे। [मत्ती ४:१, २२:१८; मार्क १२:५; लुका ४:२, २०; २३, आदि] (विजयी) [यूहन्ना १६:३३]


33. आदम - आफ्नो घरको पुजाहारी थिए। [उत्पत्ति ३:५; प्रस्थान ४:१६; व्यवस्था १०:१७; यहाेशू २२:२२; भजन ८२:१,६, ९५:३, ९७:७, १३६:२, १३८:१, दानिएल २:४७, ११:३६, युहन्ना १०:३४-३५]


 येशू ख्रीष्ट - सबै घर (जुन घर हामी हौं) को प्रधान पूजाहारी हुनुहुन्छ। [हिब्रू ३:१, ४:१४-१५, ५:५, ६:२०, ७:२६, ८:१,३, ९:११, १०:२१]





Sources :

1. https://slideplayer.com/slide/17249467/

2. https://www.google.com/amp/s/slideplayer.com/amp/17249467/


3. https://slideplayer.com/slide/4654262/

4. https://www.slideshare.net/slideshow/adams-curse-and-christs-cure-romans-51221/50441316

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...