Tuesday, December 17, 2024

दिव्य विनिमय

 



 1. हामी क्षमा पाउन सकौं भनेर येशूलाई दण्ड दिइएको थियो । [यशैया ५३:४-५]


 2. हामी निको हुन सकौं भनेर येशू घाइते हुनुभयो । [यशैया ५३:४-५]


 3. हामी उहाँको धार्मिकताद्वारा धर्मी बन्न सकौं भनेर येशूलाई हाम्रो पापपूर्णताले पाप बनाइयो । [यशैया ५३:१०, २ कोरिन्थी ५:२१]

 

 4. हामीले उहाँको जीवन प्राप्त गर्न सकौं भनेर येशू हाम्रो मृत्युकाे सट्टा मर्नु भयो । [हिब्रू २:९]


 5. हामी आशिषमा प्रवेश गर्न सकौं भनेर येशूलाई श्राप बनाइयो । [गलाती ३:१३-१४]


 6. हामी उहाँको प्रचुरता साझा गर्न सकौं भनेर येशूले हाम्रो गरिबी सहनुभयो । [२ कोरिन्थी ८:९, २ कोरिन्थी ९:८]


 7. हामी उहाँको महिमा साझा गर्न सकौं भनेर येशूले हाम्रो लाज बोक्नुभयो । [मत्ती २७:३५-३६, हिब्रू १२:२, हिब्रू २:९]


 8. हामीले पितासँग उहाँको स्वीकृति पाउन सकौं भनेर येशूले अस्वीकार सहनुभयो । [मत्ती २७:४६-५१, एफिसी १:५-६, यशैया ५३:८]


 9. हामी सदाको लागि परमेश्वरसँग जोडिन सकौं भनेर येशूलाई मृत्युद्वारा काटियो । [यशैया ५३:८, १ कोरिन्थी ६:१७]


 10. हामीमा नयाँ मनुष्यत्व जीवित हुन सकाेस भनेर हाम्रो पुरानो मनुष्यत्व उहाँमा मारिएको थियो । [रोमी ६:६, कलस्सी ३:९-१०]


याे क्रुसमा येशू ख्रीष्टद्वारा बनाईएको ईश्वरीय विनिमयको बारेमा एक घोषणा हाे !


* परमेश्वरले हामीलाई बनाउनुभयो, पापले हामीलाई विकृत गर्याे, येशूले हामीलाई परिवर्तन गर्नुभयो ।


Sources : 

1. https://lyricliving.live/2013/03/07/the-divine-exchange/ 

2. https://www.derekprince.com/cards 3. https://store.uk.derekprince.com/collections/the-cross

4. https://pin.it/64vdv7IZR

5. https://pin.it/272RYNcIt





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...