Monday, December 16, 2024

आदम र येशू ख्रीष्टमा हाम्रो पहिचान

 



1. आदममा हामी हराएका छाैँ ।

 ख्रीष्टमा हामी सुरक्षित छाैँ ।


2. आदममा हाम्रो मृत्यु छ ।

 ख्रीष्टमा हाम्रो जीवन छ ।


3. आदममा हामी पापी छाैँ ।

 ख्रीष्टमा हामी धर्मी ठहरिएका छाैँ ।


4. आदममा हामी व्यवस्थाकाे अधिनमा छाैँ ।

 ख्रीष्टमा हामी अनुग्रहकाे अधिनमा छाैँ ।


5. आदममा हामी दाेषी ठहरिएका छाैँ । 

 ख्रीष्टमा हामी दाेषबाट मुक्त भएका छाैँ ।


6. आदममा हामीले पापमय स्वभाव पाएका छाैँ । 

 ख्रीष्टमा हामीले पवित्र आत्मा पाएका छाैँ । 


7. आदममा हामीले दासत्व पाएका छाैँ ।

 ख्रीष्टमा हामीले पुत्र बन्ने अधिकार पाएका छाैँ ।


8. आदममा हामी बन्धनमा परेका छाैँ ।

 ख्रीष्टमा हामीले स्वतन्त्रता पाएका छाैँ ।


* क्रूसको शक्ति पापको दण्ड भन्दा ठूलो छ । अनुग्रहको शक्ति व्यवस्थाको श्राप भन्दा ठूलो छ । पुनरुत्थानको शक्ति मृत्युको खील भन्दा ठूलो छ । 




यसकारण लेखिएको छ,

“किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो-- धर्मी जन अधर्मीहरूका निम्ति-- तर आत्माद्वारा जीवित पारिनुभयो।” [१ पत्रुस ३:१८]


“तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ।” [कलस्सी १:२२]


“र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून, र यसरी शान्ति स्थापना होस। 

अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।” [एफिसी २:१५-१६]


“ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो।” [तीतस २:१४]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...