1. दुवैको मानव बुबा थिएन ।
आदमलाई परमेश्वरले पृथ्वीको माटोबाट सृष्टि गर्नुभयो । ख्रीष्ट अलौकिक रूपमा परमेश्वरको आत्माको छाँयाद्वारा कन्याबाट जन्मनुभएको थियो, र दुवैलाई “परमेश्वरको पुत्र” भनिन्छ । (उत्पत्ति २:७; लूका १:३५)
2. दुवैलाई पृथ्वीमा प्रभुत्व दिइएको थियो ।
परमेश्वरले आदमलाई सम्पूर्ण सृष्टिमाथि अधिकार र प्रभुत्व दिनुभयो । तर उनले आफ्नो अनाज्ञाकारिताले सबै अधिकार क्षेत्र गुमाए । ख्रीष्टले आफ्नो आज्ञाकारिताद्वारा आदमले गुमाएको सबै कुरा पुनर्स्थापित गर्नुभयो । ख्रीष्ट, अन्तिम आदम, अब सबै चीजको उत्तराधिकारी हुनुहुन्छ । (उत्पत्ति १:२८; हिब्रू १:२; एफिसी १:२१)
3. दुवै मानव जातिको प्रतिनिधि प्रमुख हुन ।
आदमले उहाँद्वारा जन्मेका सबैलाई प्रतिनिधित्व गर्दछ, पुरानो सृष्टि । ख्रीष्टले उहाँबाट जन्मेका सबैलाई प्रतिनिधित्व गर्नुहुन्छ, नयाँ सृष्टि । “किनकि जसरी आदममा सबै मर्दछन, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन।” (१ कोरिन्थी १५:२२)
4. परमेश्वरले नयाँ सृष्टि ल्याउनुहुँदा दुवैलाई सुताइयो ।
परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो, र उनको करङबाट आफ्नी पत्नी हव्वालाई सृष्टि गर्नुभयो । ख्रीष्ट, अन्तिम आदमलाई मण्डली, उहाँको दुलहीलाई जन्म दिनको लागि “निद्रा” (मृत्यु) मा राखिएको थियो । (उत्पत्ति २:२१-२३; रोमी ६:५-८; एफिसी ५:३१-३२)
5. दुबै जना आ-आफ्ना पति/पत्नीसँग जोडिएका थिए ।
पहिलो आदम आफ्नी पत्नीसँग जोडिएको थियो र उनीसँग एउटै शरीर भयो । ख्रीष्ट, अन्तिम आदम, उहाँको दुलहीसँग जोडिनुभयो र उहाँसँग एक आत्मा हुनुभयो । (उत्पत्ति २:२४; १ कोरिन्थी ६:१६, १७)
आदमले ख्रीष्टलाई संकेत गर्ने अन्य धेरै तरिकाहरू छन । टाइपोलोजी धर्मशास्त्रको प्रामाणिकता र ईश्वरीय उत्पत्तिको प्रमुख चिन्हहरू मध्ये एक हो, किनकि यो सबै परमेश्वर बाहेक अरू कसैको लागि क्रमबद्ध गर्न असम्भव छ ।
सोच्नुहोस ! सृष्टिको बिहानीमा, परमेश्वरले पहिले नै अर्को आदमको योजना बनाउनुभएको थियो । यस महिमित आदम सफल हुनेछ जहाँ पहिलो आदम असफल भयो, हामीलाई पाप र मृत्युबाट बचाएर र नयाँ जन्मको प्रस्ताव मार्फत उहाँको अनन्त जीवन दिनुभयो । (यूहन्ना १:१३; ३:३)
येशू ख्रीष्टको व्यक्तित्व र काम पुरानो नियममा “छाँया” मा प्रकट गरिएको छ । (यूहन्ना १:४५; ५:४६; लूका २४:२७)
यसकारण लेखिएको छ,
“आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।” [रोमी ५:१४]
“यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन।” [रोमी ५:१७]
Source :
https://www.facebook.com/521897442/posts/10158293959997443/?app=fbl


No comments:
Post a Comment