Saturday, December 14, 2024

येशूकाे बलिदान र परिणाम

 



1. तपाईंको चाेटले, म निको भएको छु ।


2. तपाईंको बलिदानले, मुक्ति पाएको छु ।


3. तपाईंको प्रेमले, मलाई माफ गरेको छ ।


4. तपाईंको अनुग्रहले, म बचेको छु ।


5. तपाईंको मार्गदर्शनले, म फेला परेको छु ।


6. तपाईंको कृपामा, म बल पाउँछु ।


7. तपाईंको प्रकाशमा, म स्पष्टता पाउँछु ।


8. तपाईंको वचनमा, म बाटो फेला पार्छु ।


 मैले कहिल्यै बोक्न नसक्ने क्रस बोक्नुभएकोमा धन्यवाद । म तपाईंलाई प्रेम गर्छु । हे येशू, सबै महिमा तपाईंलाई होस । मेरो प्रभु, मेरो राजा, मेरो अनन्त प्रेमी । 


यसकारण लेखिएको छ,

“किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।” [१ कोरिन्थी १:१८]


“किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।” [रोमी १:१६]


“तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो।” [१ कोरिन्थी १:२३]


“हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।” [२ कोरिन्थी ४:३]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...