1. एक मात्र परमेश्वर, जसले आकाश मण्डल सृष्टि गर्नुभयो ।
2. एक मात्र पुत्र, जो हाम्रो दोस्रो जन्मको लागि मर्नुभयो ।
3. एक मात्र बाइबल, जाे परमेश्वरको पवित्र वचन हामीलाई दिइएको छ ।
4. एक मात्र स्वर्ग, जाे माथि परमेश्वरसँग रहने एक घर हाे ।
5. एक मात्र विश्वास, जसले मानिसलाई स्वर्गमा पठाउनेछ ।
6. एक मात्र मुक्तिदाता, जसमा विश्वास राख्नुपर्छ ।
7. एक मात्र नरक, जहाँ हामी परमेश्वरबाट सदाको लागि अलग हुनेछौं ।
8. एक मात्र शैतान, जसले हामी स्वर्ग गएको चाहँदैन ।
9. एक मात्र जीवन, जाे अनन्त जीवनको लागि बाँच्न दिईएकाे छ ।
10. एक मात्र विकल्प, तपाईंकाे छनाेट कुन हुनेछ ?
- एड्डा स्टीवर्ट
यसकारण लेखिएको छ,
“अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।” [प्रेरित ४:१२]
“त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।” [फिलिप्पी २:९-११]
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।” [मर्कुस १६:१५-१६]
“र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ।
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस।” [यूहन्ना ३:१६-१६]

No comments:
Post a Comment