1. दाऊदले उहाँलाई परमेश्वर भने । (मत्ती २२:४३-४५)
2. यशैयाले उहाँलाई परमेश्वर भने । (यशैया ७:१४; ९:६)
3. यर्मियाले उहाँलाई परमेश्वर भने । (यर्मिया २३:५-६)
4. मत्तीले उहाँलाई परमेश्वर भने । (मत्ती १:२३)
5. ख्रीष्टले आफूलाई परमेश्वर भन्नुभयो । (यूहन्ना ५:१७-१८; ८:५८-५९; १०:३०-३३; प्रकाश १:८)
6. स्वर्गदूतहरूले उहाँलाई परमेश्वर भने । (लूका २:११)
7. यूहन्नाले उहाँलाई परमेश्वर भने । (यूहन्ना १:१; १ यूहन्ना ३:१६; ५:२०)
8. अन्धो मानिसले उहाँलाई परमेश्वर भने । (यूहन्ना ९:३५-३८)
9. थोमाले उहाँलाई परमेश्वर भने । (यूहन्ना २०:२८)
10. पत्रुसले उहाँलाई परमेश्वर भने । (प्रेरित १०:३४-३६)
11. पावलले उहाँलाई परमेश्वर भने । (प्रेरित २०:२८; फिलिप्पी २:५-६; १ तिमोथी ३:१६; तीतस २:१३)
12. परमेश्वर पिताले उहाँलाई परमेश्वर भन्नुभयो । (हिब्रू १:८-१०)
यसकारण लेखिएको छ,
“किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।” [यशैया ९:६]
“आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।” [यूहन्ना १:१-४]
“हेर, कन्याले गर्भधारण गर्नेछिन, र तिनले एउटा पुत्र जन्माउनेछिन, र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो, परमेश्वर हामीहरूसँग।” [मत्ती १:२३]
“अल्फा र ओमेगा म नै हुँ, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।” [प्रकाश १:८]
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।” [यूहन्ना ८:५८]
“हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।” [१ यूहन्ना ५:२०]
तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न,
तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ।
परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।)” [प्रेरित १०:३४-३६]
“र हाम्रो धन्यको आशा-- हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।” [तीतस २:१३]
“हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान छ: उहाँ स्वयम शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।” [१ तिमोथी ३:१६]
तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो।” [हिब्रू १:८]
उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?” [लूका ९:२०]
Sources :
1. https://pakchristianweb.xyz/who-says-jesus-christ-is-god-what-does-bible-says-about-it-bible-verses-and-bible-info/
2. https://www.facebook.com/100071751197593/posts/pfbid0pMg2GkbisegXHf65tSHwcjS8i45BJnzdm8kN6iKJpCo9qCeF8E4WWbFN7bGk4eSFl/?app=fbl
3. https://pin.it/ga1OHEflX

No comments:
Post a Comment