1. परमेश्वरले मात्र मेरो न्याय गर्न सक्नुहुन्छ।
2. हामी सबै जन्मजात पापी हौ।
3. बाइबल मानिसद्वारा लेखिएको थियो।
4. म परमेश्वरमा विश्वास गर्दिन।
5. परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ।
6. येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो।
7. परमेश्वरले नै नशालु झार बनाउनुभयो।
8. म राम्रो मान्छे हुँ।
9. प्रेम त प्रेम नै हो।
10. येशू पापीहरूसँग खानु, पिउनु र बस्नुभयो।
11. गलत स्वभाव र खानपिन कहिले छोड्ने भनेर मलाई थाहा छ।
12. म अरू मान्छे जत्तिकै खराब छैन।
13. कमसेकम म पाखण्डी होइन।
14. यो सबै तपाइँले यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ।
15. मेरो विवेकले मलाई दोषी ठहराउँदैन।
16. हामीले एकपटककाे जीवन मजाले जिउनु पर्छ।
17. हामी सबै कमजोर छौं।
18. कोही पनि सिद्ध छैन।
19. मैले सधैं यस्तै गरेको छु।
20. अलिकतिले केही असर गर्दैन।
21. परमेश्वरले मेरो मन जान्नुहुन्छ।
22. मैले कसैको मन दुखाएको छैन।
23. अरू सबैले यस्तै गर्छन।
24. सबै धर्म अलग भएपनि ईश्वर एउटै हुनुहुन्छ।
यी सबै पापीको मनपर्ने बहानाहरू हुन।
* के तपाईंसँग पनि पापकाे कामहरू गर्न यी बहानाहरू त छैन?
यसकारण लेखिएको छ,
“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” [मत्ती ३:२]
त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” [मत्ती ४:१७]
येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।” [यूहन्ना ८:११]
त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस।” [यूहन्ना ५:१४]
“त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।” [लूका १३:५]
“म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ।” [लूका १५:७]
Sources :
1. https://store.gospeltract.org/Sinners-Favorite-Excuses-brbGospel-Signb-br36-Tall-x-24-Wide_p_309.html
2. https://www.reddit.com/r/terriblefacebookmemes/comments/yu8uuz/just_visually_stunning/?rdt=48816
3. https://www.facebook.com/share/p/1ACVQ7Sruv/
4. https://store.gospeltract.org/Sinners-Favorite-Excuses-br-bGospel-Preaching-Bannerb_p_777.html

No comments:
Post a Comment