1. विचार अपमानित, विभाजित, निराश हुनेछ।
[रोमी १:२८, १ तिमोथी ६:५, याकूब ४:८]
2. आँखा आत्मिक रूपमा अन्धो हुनेछ।
[यशैया ४२:७, प्रेरित २६:१८, १ यूहन्ना २:११]
3. जिब्रो फोहोर, झुटो, सराप्ने हुनेछ।
[भजन ५९:१२, एफेसी ५:४]
4. प्राण तिर्खाएको, भोको हुनेछ।
[भजनसंग्रह ६३:१, भजनसंग्रह १०७:९]
5. आत्मा भयभीत हुनेछ।
[२ तिमोथी १:७]
6. विवेक मरेको हुनेछ।
[१ तिमोथी ४:२, हिब्रू १०:२२]
7. हृदय कपटी, कठोर, घमण्डी, कामुक, अशुद्ध, दूषित हुनेछ।
[यर्मिया १७:९, इजकिएल ११:१९, याकूब ४:८, हितोपदेश २१:४, रोमी १:२४, हितोपदेश २०:९]
8. हात मूर्ति बनाउने, अशुद्ध हुनेछ।।
[याकुब ४:८, यशैया ३१:७]
9. खुट्टा अस्थिर, घुमन्टे हुनेछ।
[याकूब १:८, यशैया ५९:७, यर्मिया १४:१०]
पाप हरेक पुरुष र महिलाको विश्वव्यापी रोग हाे। यहाँ केवल केही आंशिक सूची छ, तर यसको विस्तृत सूची मापन भन्दा बाहिर छ।
* के तपाईंको जीवनमा पनि पापकाे कुनै प्रभावहरू छन?
पापकाे प्रभावहरू स्थायी हुनु हुँदैन र त्यसलाई उल्टाउन सकिन्छ।
यसकारण लेखिएको छ,
“तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।” [याकूब १:१५]
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” [रोमी ६:२३]
“यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन।
यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ।
किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन।” [रोमी ५:१७-१९]

No comments:
Post a Comment