1. थोरै पापले धेरै पाप गराउँछ। (२ पत्रुस २:१८-१९)
2. पापले परमेश्वरको कठोर अनुशासनलाई निम्तो दिन्छ। (हिब्रू १२:५-११)
3. पापमा बिताएको समय सधैंको लागि बर्बाद हुन्छ। (एफिसी ५:१६)
4. पापले कहिल्यै खुशी पार्दैन, तर हामीलाई माया गर्ने परमेश्वरलाई सधैं दुःखी बनाउँछ। (उत्पत्ति ३९:९)
5. हाम्रो पापले हाम्रो आत्मिक अगुवाहरूमा ठूलो बोझमा राख्छ। (हिब्रू १३:१७)
6. पापले सधैं हाम्रो हृदयमा भारी ल्याउँछ। (भजन ३२:४)
7. पापको कारण हाम्रो परिवार सहित अरूले पनि परिणाम भोग्नुपर्छ। (२ शमूएल १२:१०)
8. पापले परमेश्वरका शत्रुहरूलाई आनन्दित तुल्याउँछ। (न्यायकर्ता १६:२५-२७)
9. पापले वास्तविकतामा हामीले पाएकाे कुरामा भन्दा गुमाएको बहुमुल्य कुराहरू लुकाएर धोका दिन्छ। (हिब्रू ३:१३)
10. पापले मलाई आत्मिक नेतृत्वको लागि योग्य हुनबाट रोक्न सक्छ। (१ तिमाेथी ३:२, १०)
11. पापले हामीलाई हानी बाहेक अरू केही दिँदैन। (हिब्रू ११:२५)
12. पापको पश्चात्ताप एक पीडादायी प्रक्रिया हो। (२ कोरिन्थी ७:९-११)
13. पापले अरूलाई पाप गर्न प्रभाव पार्न सक्छ। (१ कोरिन्थी ५:९-१३)
14. पापले अरूलाई ख्रीष्टलाई चिन्नबाट रोक्न सक्छ। (२ पत्रुस २:१८)
15. पापले ख्रीष्ट हाम्रो पाप हटाउनको लागि मर्नुभयो भन्ने क्रुसकाे कथालाई हल्का बनाउँछ। (हिब्रू १०:२९)
16. एकै समयमा पाप गर्न र पवित्र आत्मालाई पछ्याउन असम्भव छ। (१ थेसलाेनिकी ५:१९)
17. हामी भन्दा धेरै बलियाहरू पापले नष्ट भएका छन। (न्यायकर्ता १६:२८-३१)
18. आफ्नो पापलाई माया गर्नेहरूको प्रार्थना परमेश्वरले सुन्नुहुनेछैन। (भजन ६६:१८)
19. पापले हामीलाई पासोमा पार्छ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। (हितोपदेश ५:२२)
20. मैले परमेश्वरलाई प्रतिज्ञा गरेकाे छु कि उहाँ मेरो जीवनको प्रभु हुनुहुनेछ। (रोमी १०:९-१०)
21. पाप गर्नु भनेको ख्रीष्टलाई प्रेम गर्नु होइन। (युहन्ना १४:१५)
22. पाप गरिरहनु हराएको अवस्थाको संकेत हुन सक्छ। (लुका १५:४-७)
23. पाप क्षमा भए तापनि, हामी न्यायको आसनमा त्यो पापको समीक्षा गर्नेछाैँ, जहाँ अनन्त इनामहरू र हानि लागू हुन्छ। (२ काेरन्थी ५:१०)
24. पापको लागि कष्ट भोग्नुमा कुनै आनन्द वा इनाम हुँदैन, यद्यपि धार्मिकताको लागि दुःख दुवै हुन्छ। (२ तिमाेथी ३:१२, २:१२)
25. सेवासँग पाप मिसिएको परमेश्वरको चीजहरुलाई स्वादहीन बनाउँछ। (प्रेरित ५:१-११)
26. पाप र दोषले दिमाग र शरीर दुवैलाई हानि पुऱ्याउन सक्छ। (युहन्ना ९:३९, ४१)
27. स्वर्ग र नरकका बासिन्दाहरूले यो पापको मूर्खताको गवाही दिनेछन। (लुका १६:१९-२१)
28. पाप अनन्त हानिको लागि धेरै छोटो आनन्द हो। (प्रकाश २१:८)
29. पापले हाम्रो प्रतिष्ठा लुट्छ र मेरो गवाही लुट्छ। (२ तिमाेथी ४:१०)
30. पाप गर्दा मैले गर्न नपर्ने काम गरिरहेको छु, र आफ्नो जीवनकाे लक्ष्यबाट चुकिरहेकाे छु। (राेमी ६:२३)
Sources :
1. https://www.facebook.com/151600678/posts/pfbid0yUZJJz5QfkeLc3Uee7zabEdvMzANLKXy5EsaTPAQ4Yrz32cDeYPrD8wQBT7C8vrTl/?app=fbl
2. https://www.sermoncentral.com/sermons/twenty-reasons-not-to-sin-part-2-jeff-seaman-sermon-on-holiness-35552
3. https://www.facebook.com/285731134790571/posts/pfbid02jiSysRwAsc9oJYU5Jjn5ecitymRVNwyG1Q2g3NXvVmQj9pXd2SEVgATovDzmQojXl/?app=fbl

No comments:
Post a Comment