Monday, November 4, 2024

युवाहरूको लागि 5 खतराहरू

 

1. गर्व

 “युवाहरू हो, आफ्नो स्वयं न्यायमा धेरै भरोसा नगर। तपाईं सधैं सही हुनुहुन्छ, र अरू गलत छन भनेर निश्चित हुन रोक्नुहोस। तपाईंको आफ्नै विचारलाई विश्वास नगर्नुहोस, जब तपाईंले बृद्ध मानिसहरूको, र विशेष गरी तपाईंको आफ्नै आमाबाबुको विचार विपरीत पाउनुहुन्छ। उमेरले अनुभव दिन्छ, त्यसैले उहाँहरू सम्मानको योग्य हुनुहुन्छ।”


2. सुख-सुविधा प्रति प्रेम

 “युवा भनेको त्यो समय हो जब हाम्रो जोश सबैभन्दा बलियो हुन्छ, र अनियन्त्रित बच्चाहरू जस्तै, जाे भोगको लागि सबैभन्दा ठूलो स्वरले रुन्छ। युवावस्था भनेको त्यो समय हो जब हामीसँग सामान्यतया हाम्रो सबैभन्दा धेरै स्वास्थ्य र शक्ति हुन्छ: मृत्यु टाढा देखिन्छ, र यस जीवनमा आफूलाई रमाइलो गर्न सबै कुरा उपलब्ध भएको जस्तो देखिन्छ। ‘तिमी कसको दास हौ?’ भनेर सोध्दा धेरै युवाहरूले दिने सही जवाफ यही हो, ‘म अभिलाषा र सुखको सेवा गर्छु’।”


3. विचारहीनता

 “विचार नगर्नु एउटा साधारण कारण हो कि हजारौं आत्माहरू सदाको लागि आगोको झिलमा फालिन्छन। युवाहरूले विचार गर्दैनन, अगाडि हेर्दैनन, तिनीहरूले वरिपरि हेर्दैनन, तिनीहरूले भविष्यकाे निम्ति वर्तमानमा ध्यान दिँदैनन। र तिनीहरूले वर्तमान समयमा नै निश्चित परिणामहरू पनि भाेग्छन, र अन्तमा तिनीहरू सोँचको कमीको कारणले धिक्कारिएको कुरा पत्ता लगाउँछन। युवाहरू, तपाईंहरू भन्दा बढी यसको खतरामा अरू कोही छैन। तपाईंलाई तपाईंको वरपरका खतराहरूकाे बारेमा थोरै थाहा छ, र त्यसैले तपाईं कसरी हिँड्नुहुन्छ, त्यसमा तपाईं लापरवाह हुनुहुन्छ। तपाईंले समस्याहरू प्रति गम्भीर र शान्त सोँचाइलाई घृणा गर्नुहुन्छ, त्यसैले तपाईंले गलत निर्णयहरू लिनुहुन्छ र आफैंमा धेरै दुःख ल्याउनुहुन्छ।”


4. धार्मिकताको अवहेलना

 “यो पनि तपाईंको विशेष खतराहरू मध्ये एक हो। म सधैं यो देख्छु कि युवाहरूले ख्रीष्टियन विश्वासलाई बाहिरी रूपमा आदर गर्दैन। मण्डलीकाे सेवाहरूमा युवाहरू थोरै पनि भाग लिँदैनन, जब तिनीहरू सेवाहरूमा उपस्थित हुन्छन, बाइबलहरू थोरै प्रयोग गर्छन, थोरै गाउँछन, धेरै थोरै प्रचार सुन्छन। प्रार्थना सभाहरू, बाइबल अध्ययनहरू, र अन्य सेवाहरू जसले हप्ता भरिको दिनहरूमा आत्मालाई मद्दत गर्ने कामहरूमा सामान्यतया काेही पनि अनुपस्थित हुँदैन। तर युवाहरूले सोँच्छन कि उनीहरूलाई यी चीजहरूको आवश्यकता छैन, तिनीहरूले महिला र वृद्ध पुरुषहरूको लागि राम्रो हुन सक्छन, तर तिनीहरूका लागि होइन। तिनीहरू आफ्नो आत्माको ख्याल गरेकोमा लाजमर्दो देख्छन: अर्को अर्थमा तिनीहरूले स्वर्गमा जानुलाई अपमानजनक ठान्छन।”


5. मानिसहरूले के भन्छन भन्ने विचारको डर

 “मानिसको विचारकाे डरकाे बारेमा धेरैजसो दिमागमा र विशेष गरी युवाहरूको दिमागमा रहेको शक्तिलाई हेर्नु डरलाग्दो छ। थोरैसँग आफ्नै विचार छ, वा आफ्नै लागि सोँच्छन। मरेको माछा जस्तै तिनीहरू नदि र त्यसको छालको साथ हिँड्छन। अरूले जे सोच्छन, तिनीहरूले सही सोच्छन; र जसलाई अरूले गलत भन्छन, उनीहरूले पनि गलत भन्छन। संसारमा मौलिक विचारकहरू धेरै छैनन।  अधिकांश मानिसहरू भेडाहरू जस्तै हुन्छन, तिनीहरू नेताको पछि लाग्छन। यदि रोमन क्याथोलिक हुन दिनको फेसन थियो भने, तिनीहरू रोमन क्याथोलिक हुनेछन, यदि यो इस्लामी हो भने, तिनीहरू इस्लामिक हुनेछन।  उनीहरू समयको वर्तमान परिस्थितिकाे विपरित जाने विचारमा डराउँछन। एक शब्दमा, तिनीहरूको विचार नै तिनीहरूको धर्म, तिनीहरूको आस्था, तिनीहरूको बाइबल र तिनीहरूको ईश्वर बन्छ।”

- जे. सी. राएल 


Sources :

1. https://www.monergism.com/5-dangers-young-men

2. https://male2man.com/2012/08/30/5-dangers-for-young-men-j-c-ryle/

3. https://www.facebook.com/100044360562884/posts/pfbid027FGTiAECD9n9q1iqyHWbZzg5KSbmHeSKNhfM1w5jCQhuRFZDjmdxGZDkgNmBJSa8l/?app=fbl

4. https://www.facebook.com/groups/128091227299823/permalink/5342302455878648/?app=fbl

5. https://www.preceptaustin.org/thoughts-for-young-men-j-c-ryle



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...