Monday, November 11, 2024

मदिरा र स्वास्थ

 


 तपाईंले 3 लाखकाे माेटरसाईकलमा कहिल्यै पनि मट्टीतेल राख्नुहुन्न, किन?

किनकि त्यसले माेटरसाईकलकाे इन्जिन खराब गर्नेछ।


3 लाखकाे माेटरसाईकलकाे बारेमा तपाईंले यति चिन्ता गर्नुहुन्छ?

तर तपाईंले कहिले मुखभित्र जाँड/रक्सी या चुरोट/गुट्का ईत्यादी हाल्नुभन्दा पहिले साेच्नुभयाे कि यसले किड्नी, कलेजाे र फाेक्साे खराब गर्नेछ?


कराेडाैँ पर्ने याे अनमाेल शरीरको इन्जिनलाई पनि त्यति नै चिन्ता गर्नुहाेस, जति तपाईंले आफ्नो माेटरसाईकलकाे इन्जिनकाे चिन्ता गर्नुहुन्छ।


संसारको लागि तपाईं एक ब्यक्ति हुनुहुन्छ, तर परिवारको लागि तपाईं पुरै संसार हुनुहुन्छ। यसकारण तपाईंले आफ्नो स्वास्थ्यकाे ख्याल राख्नुहाेस, र धुम्रपान/मद्यपानदेखि टाढा रहनुहाेस।


* मदिरा एक धेरै प्रभावकारी घुलनशील जासुस हो। यसले परिवार, विवाह, मित्रता, जागिर, बैंक खाता र न्यूरोन्सलाई विनाश गर्दछ, तर त्यसले कहिले पनि समस्याहरू समाधान गर्दैन!



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...