Tuesday, November 12, 2024

एक जड्याहा र पास्टर

 



 एकपटक एकजना पास्टर सेवाकाे निम्ति कतै जानकाे निम्ति बाटोमा हिँडिरहेका थिए। अचानक एक जड्याहा व्यक्तिले उनलाई देखेर बाेलाए र भने, “पास्टर, म तपाईंको मण्डलीकाे सदस्य हुँ।”


तब पास्टरले भने, “तिमी मेरो मण्डलीकाे सदस्य त हुनसक्छाै, तर तिमी येशू ख्रीष्टकाे त पक्कै हाेईनाैँ।”


आज धेरै विश्वासीहरूले स्वयंलाई ख्रीष्टियन भएको दावी त गर्छन, तर उनीहरू ख्रीष्टकाे चाहिँ हाेईनन। किनकि उनीहरूकाे जीवन धुम्रपान र मद्यपानकाे पापकाे गुलाम छन। स्वर्गकाे ढाेका उनीहरूको निम्ति बन्द छ। (१ काेरन्थी ६:९-११)


आज धेरै विश्वासीहरूले स्वयंलाई ख्रीष्टियन भएको दावी त गर्छन, तर उनीहरू ख्रीष्टकाे चाहिँ हाेईनन। किनकि उनीहरूकाे व्यापार धुम्रपान र मद्यपानकाे बिक्रीवितरणमा केन्द्रित छन। कतिपयले शरीर र आत्मालाई मार्ने बिष स्वयं त सेवन गर्दैनन हाेला, तर पैसाको लाेभमा अरूलाई बिक्रीवितरण गर्छन। स्वर्गकाे ढाेका उनीहरूको निम्ति पनि बन्द छ।


* के तपाईंले पनि गुप्तमा धुम्रपान/मद्यपानकाे सेवन या बिक्रीवितरण गर्नुहुन्न?



किनभने, लेखिएको छ,

“अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।” [रोमी २:२४]


“तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।” [२ शमूएल १२:१४]


“पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार, त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!” [मत्ती १८:७]


“दासत्वका जुवामुनि हुने सबैले आ-आफ्ना मालिकलाई पूरा सम्मानको योग्य ठानून, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस।” [१ तिमोथी ६:१]


“र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ।” [२ पत्रुस २:२]


“र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस।” [तीतस २:८]


“अनि जब तिनीहरू ती जातिहरूका बीचमा गए, तब तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे, किनकि तिनीहरूका विषयमा यसो भनिएको थियो, 'यिनीहरू त परमप्रभुको प्रजा हो, तापनि देशलाई तिनीहरूले छोड्नुपर्यो'। 

मेरो पवित्र नाउँको चिन्ता मलाई लागेको थियो, जुन नाउँलाई तिनीहरू गएका जाति-जातिहरूका बीचमा इस्राएलको घरानाले अपवित्र पारे। 

यसैकारण इस्राएलका घरानालाई भन, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ। 

म मेरो महान नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्नेछन, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।” [इजकिएल ३६:२०-२३]






No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...