एउटा प्रसिद्ध युरोपेली एअरलाईन्सको शुरूवाती दिनहरुमा एकजना निकै भलादमी व्यक्ति जो ख्रीष्टियन थिए, जहाजमा चढे।
यात्राको क्रममा उनी बसिरहेको प्रथम श्रेणीको क्याबिनमा बिमानकी परिचारिका अलिकती मदिरा लिएर आइन र ती ब्यक्तिलाई टकारिदिइन।
तर ती व्यक्तिले नम्रतापुर्वक अस्विकार गरे। केहि बेरपछी ती परिचारिकाले आकर्षक ढंगले अर्को मदिरा सजाएर पुनः ती व्यक्तिकहाँ फर्किन। फेरि उनले सोही प्रकारलेे इन्कार गरिदिए। अब ती परिचारिका आफ्नो म्यानेजरकहाँ पुगिन, अनि सबै कुरा बताइन।
अब ती म्यानेजरले एउटा ट्रेमा निकै विशिष्ट प्रकारले अर्को मदिरा तयार गर्न अह्राए। अनि आफै ती व्यक्ति नजिकै गएर सोधे,
“सर, के हाम्रो सेवामा कुनै कमि भयो कि? यो हाम्रो तर्फबाट यात्रीहरुको लागि सानो प्रबन्ध हो, कृपया लिइदिनुहोस।”
ती ब्यक्तिले आफू ख्रीष्टियन भएको तसर्थ लिन नसक्ने बताए। त्यो म्यानेजरले अझै पनि आग्रह गरिरहेपछि उनले भने,
“ठीक छ, त्यसो हो भने पहिला तपाईंले पाईलटलाई मदिरा दिनुपर्छ।”
अनि ती म्यानेजरले भने,
“पाईलट आफ्नो डुयुटिमा हुनुहुन्छ, म कसरी उहाँलाई मदिरा दिन सक्छु र? अनी पाईलटले मदिरा पिउँदा विमान दुर्घटना हुने सम्भावना पनि रहन्छ, होईन र?”
अनि ती व्यक्तीले जवाफ दिए,
“हो, म रक्सी लिन सक्दिन किनकी म एक ख्रीष्टियन हुँ र आफ्नो बिश्वासलाई बचाइराख्नको निमित्त निरन्तर ड्युटीमा लागिरहेको छु। यदि मैले यतिखेर मदिरा पिए भने आफैमाथी बिपत्ति निम्त्याउनेछु, म जानिजानी आफ्नै आत्मिक जीवनलाई दुर्घटनामा धकेल्नेछु।”
प्रीय हो,
माथी उल्लेखित रक्सीको सन्दर्भ हामीमा सम्बन्धित नहोला, तर कतिपय कुविचार, जथाभावी बोल्ने हाम्रो बानी, हाम्रो पहिरन, खानपान र अरु संसारलाई देखाउने हाम्रो चालचलन सयौं आत्माहरुलाई मुक्ति र प्रभु येशु देखि टाढा राख्ने कारक तत्व हुन सक्छ।
* के तपाईंको जीवन संसारलाई येशू ख्रीष्टकाे गवाही बनिरहेको छ?
यसकारण लेखिएको छ,
“के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?
तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।
तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो-- ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।” [२ कोरिन्थी ३:१-३]
“सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ।” [रोमी १:८]
“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन, तर सामदानमा राख्दछन, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस, र तिनीहरूले तिमीहरूका सुकर्म देखून, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून।” [मत्ती ५:१३-१६]

No comments:
Post a Comment