1. सन्देशमा मुक्तिकाे अनुपस्थिति हुन्छ,साथै धर्मशास्त्र बाइबललाई खन्ने र गहिराईमा डुब्ने छैनन।
2. मानिसहरूलाई नरकको खतराको बारेमा चेताउनी होइन तर विश्वास, राम्रो जीवन र अन्य धेरै चीजहरू जुन पार्थिव र अस्थायी छन, त्यसको बारेमा मात्रै बढी ध्यान केन्द्रित गर्दछन।
3. हास्य कलाकारहरूले मण्डली कार्यक्रमहरू मध्यस्थ गर्दछन।
4. एक भन्दा बढी पत्नी भएको पास्टर वा पास्टरले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरे र दोस्रो पत्नीसँग विवाह गरेका छन।
5. सन्त र स्वर्गदूतहरूलाई प्रार्थना गर्दछन वा सन्त र स्वर्गदूतहरूको नाममा प्रार्थना गर्दछन।
6. सदस्यहरू र अगुवाहरूका बीचमा व्यभिचार गर्दछन, र जुन सबैले देख्न सक्छन।
7. स्वर्गीय (अनन्तकाल) काे सन्देशलाई समृद्धि (पृथ्वी/अस्थाई) सन्देशसँग प्रतिस्थापित गरिन्छ।
8. ईजेबेलकाे पहिरन, रूपरङ्ग हुन्छ, र सांसारिकताले भरिएको हुन्छ।
9. घमण्ड, अहंकार, धन र विलासिताको प्रदर्शन हुन्छ।
10. शंकास्पद चमत्कारहरू, चमत्कारहरूको बिक्री, पवित्र मैनबत्ती, पवित्र पानी, पवित्र साबुन, पवित्र तेल... आदि बेच्छन।
11. मनोगत अभ्यासहरू जस्तै सबै सदस्यहरूले सेवाको क्रममा एउटै रंगको पोशाक लगाउने बाध्य पार्ने र धूप-बत्ती बाल्ने गर्दछन।
12. मण्डलीकाे लोगोमा हाेरस देवताको एक आँखा जस्तै जादुई प्रतीकहरू राख्ने गर्दछन।
यी झूटा मण्डलीहरूका केही चिन्हहरू मात्र हुन। यदि तपाईं झूटा गोठाला वा मण्डली अन्तर्गत हुनुहुन्छ भने, तपाईंको नरक आगो निश्चित छ। प्रकाशकाे पुस्तकमा लेखिए अनुसार परमेश्वरले आज तपाईंलाई बताउनुभएको छ,
तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें, “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ, किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ।” [प्रकाश १८:४-५]
* यदि तपाईंले मण्डलीमा यी मध्ये कुनै पनि लक्षणहरू फेला पार्नुभयो भने, तब तपाईं गलत चर्चमा हुनुहुन्छ। त्याे मण्डलीबाट बाहिर निस्कनुहोस, जहाँ स्वर्ग उनीहरूको केन्द्रमा छैन। एक स्वर्गीय मन भएको मण्डलीमा सामेल हुनुहोस र तिनीहरूसँग संगति गर्नुहोस र साथै परमेश्वरको वचनको अध्ययन गर्नुहोस।
Source :
https://www.facebook.com/groups/293762771967882/permalink/937682924242527/?app=fbl
.jpg)
No comments:
Post a Comment