Thursday, August 8, 2024

व्यापारिक मण्डलीलाई चेतावनी





जब मण्डली व्यापार बन्छ, तब...

1. पास्टरहरूले सीईओहरू (हाकिम) जस्तै कार्य गर्दछन।

2. सदस्यहरू ग्राहकहरूमा परिणत हुन्छन।

3. अन्य मण्डलीहरूलाई प्रतिस्पर्धाको रूपमा हेरिन्छ।

4. सुसमाचार प्रचारलाई मार्केटिङ जस्तै बनाईनेछ।

5. मण्डली निर्माण व्यापारीक शाखा कार्यालय जस्तो देखिन्छ।


6. सफलताको प्राथमिक मापन मानिसकाे संख्याहरू हो।

7. प्रार्थना र वचन अध्ययन सूत्रहरूद्वारा प्रतिस्थापन गरिएको छ।

8. जागृति सभा कोष जुटाउने कार्यक्रमहरूमा परिणत भएको छ।

9. प्रचार गर्नु भनेको प्रेरणादायी भाषण जस्तो लाग्छ।

10. स्तुति र आराधना प्रदर्शनमा परिणत हुन्छ। उत्कृष्ट अभिनेतालाई आराधना अगुवा बनाइन्छ।


11. परमेश्वरको आत्मालाई “भावनावाद” मा घटाइयो।

  *मनमाेहक, टुनामुना र तार्किक सिद्धान्त बाहेक परमेश्वरको कुनै वास्तविक शक्ति छैन।

12. सन्तहरू सुसज्जित हुनुको सट्टा मनोरञ्जनमा ब्यस्त छन।

13. ख्रीष्टका चेलाहरू पास्टर, आत्मिक छोरा, आत्मिक छोरी र प्रशंसक बनेका छन।

14. मण्डली अहिले एक जीवित शरीर बन्नुकाे सट्टा एक निर्जीव शरीर बनेको छ।

15. एक अगुवाले परमेश्वरकाे राज्य निर्माण गर्नुको सट्टा आफ्नो साम्राज्य निर्माण गरेका छन।

16. पास्टर सुपर म्यान (महत्त्वपूर्ण व्यक्ति) बन्छ र येशू ख्रीष्टलाई अर्को धार्मिक व्यक्तित्वमा घटाइन्छ।


* मण्डली एक व्यापार होइन। यो एक शरीर हो। तर जब त्यो शरीर व्यापार बन्छ, तब यो एक वेश्यावृत्ति हो।


* यदि विश्वासीहरू बाइबल अध्ययनमा व्यस्त भए भने, झूटा अगमवक्ताहरू या सेवकहरू आफ्नो व्यापारदेखि भाग्नेछन।


* के यस पुस्तामा माथिका 16 कुराहरू मध्ये कुनै कुरामा परिचित सुनिन्छ? प्रिय हाे, यदि तपाईं “ईसाई धर्म” को यस ढाँचा अन्तर्गत हुनुहुन्छ भने, तपाईं पहिले नै एउटा पंथमा हुनुहुन्छ, तर तपाईं येशू ख्रीष्टको मण्डलीमा हुनुहुन्न। समय धेरै ढिलो हुनु अघि त्यहाँबाट बाहिर निस्कनुहोस!


माथि हाइलाइट गरिएका सबै कुराहरूले येशू आफैलाई सोध्न बाध्य बनायो,

“म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?” [लूका १८:८]


तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो, 

र तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ’, तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” [लूका १९:४५-४६]


“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।” [प्रकाश २२:१२]


Sources :

1. https://jakekail.com/church-business/

2. https://www.nairaland.com/6437028/when-church-becomes-business

3. https://www.linkedin.com/posts/joseph-nickie-720405153_when-the-church-becomes-a-business-1-activity-7017135353950023683-7KBh

4. https://www.facebook.com/100002349725335/posts/pfbid0UWkG3gAE9KqY8bNjiPyj1fHhoeUCY8hZ82nfBQePL9cj92Qz14CTNt6qxiPC9bLQl/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...