1. यदि “ख्रीष्टियनहरू” जो सुधारकाे कुराहरूलाई प्रतिबन्ध या ईन्कार गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
2. यदि “ख्रीष्टियनहरू” जो समलैंगिक सम्बन्धलाई जायज ठान्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
3. यदि “ख्रीष्टियनहरू” जो गर्भपतन गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
4. यदि “ख्रीष्टियनहरू” जसले हामी अपवित्र जीवन पनि बाँच्न सक्छौं भन्ने विश्वास गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
5. यदि “ख्रीष्टियनहरू” लैङ्गकि परिवर्तनलाई ठीकै छ भन्ने विश्वास गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
6. यदि “ख्रीष्टियनहरू” जसले चुक्ली गर्ने, व्यभिचार गर्ने, झूट बोल्ने, चोरी गर्ने, हत्या गर्ने, गपशप गर्ने, मादक पदार्थ सेवन गर्ने र पार्टी गर्नेहरू छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
7. यदि “ख्रीष्टियनहरू” जसले परमेश्वरको वचनको आज्ञाकारिता भनेको मानव निर्मित सामाजिक नैतिक कानूनको पालना गर्नु हाे भनी विश्वास गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
8. यदि “ख्रीष्टियनहरू” जसले बारम्बार पाप गर्ने बानी दाेहाेर्याई रहने जीवनशैली छोड्दैनन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
9. यदि “ख्रीष्टियनहरू” जसले परमेश्वरलाई आफ्नो जीवन पुर्ण रूपमा समर्पण गर्न इन्कार गर्छन, र अनुग्रहको आडमा त्यसो गर्न इन्कार गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
10. यदि “ख्रीष्टियनहरू” जसले कहिल्यै बाइबल नपढ्ने वा प्रार्थना गर्न कहिल्यै चिन्ता नगर्नेहरू छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
11. यदि “ख्रीष्टियनहरू” जसले आफ्नो कानलाई सुन्न चाहेको कुरा (२ तिमाेथी ४:३) मात्रै प्रेम गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
12. यदि “ख्रीष्टियनहरू” जसले ईश्वरीय भक्तिकाे भेष धारण गर्ने तर त्यसको शक्तिलाई इन्कार गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
13. यदि “ख्रीष्टियनहरू” जो मनताताे छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
14. यदि “ख्रीष्टियनहरू” जो अतिवाद, जातिवाद र रङ्गभेदलाई समर्थन गर्दछन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
15. यदि “ख्रीष्टियनहरू” जसले झूटा शिक्षकहरू र झूटा अगमवक्ताहरूलाई पछ्याउँछन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
16. यदि “ख्रीष्टियनहरू” जसले उत्तेजना र जाेशलाई अभिषेक हो भनेर विश्वास गर्छन, र तपाईंको मण्डलीले उसलाई प्रेम गर्छन।
यदि त्यसाे हाे भने... यो निश्चित हुनुहोस... तपाईंले जतिसुकै विश्वास गरे तापनि तपाईंको मण्डलीले पुर्ण सत्य प्रचार गरिरहेको छैन।
एक कठिन, महत्त्वपूर्ण र अत्यावश्यक सत्य जुन अब बोल्न आवश्यक छैन र? धेरै पुलपिटले याे सत्य घाेषणा गर्न डराउँछन, किनकि यसले तिनीहरूको मण्डलीको उपस्थितिलाई... तिनीहरूको मण्डलीको दशांश र स्वईच्छा भेटीहरूलाई नाेक्सान गर्नेछ। र तिनीहरूले मानिसकाे भावनालाई ठेस पुर्याउनु भन्दा परमेश्वरकाे भावनालाई ठेस पुर्याउन सजिलो छ भनी ठान्छन।
म केहि भन्न जाँदैछु जुन मैले लामो समयदेखि महसुस गरेको छु र भन्नु पर्छ। म विश्वास गर्छु कि धेरैजसो पास्टरहरूलाई थाहा छ कि तिनीहरूको मण्डली कानले सुन्न चाहेको सन्देश मात्रै सुन्न चाहाने, मानिसलाई खुशी पार्ने, झूटो उपासना प्रदान गर्ने संस्था हो, जुन मानिसहरूलाई खुसी राख्नको लागि सम्झौता गर्न र आधा-सत्य बोल्न रोज्छन। तसर्थ... वर्तमान मण्डलीका आराधना सेवाहरू वास्तवमा खानपान सेवाहरू भन्दा बढी केही होइन।
हामी आश्चर्यचकित छौं किन आज लगभग २०% स्वघाेषित ख्रीष्टियनहरूले त बाइबललाई परमेश्वरको प्रेरित वचन हो भनेर विश्वास नै गर्दैनन... र येशू नै परमेश्वर हुनुहुन्छ, उहाँ एक मात्र मार्ग र मुक्तिको एक मात्र बाटो हुनुहुन्छ... ईत्यादी।
आज विश्वासको आधारभूत कुराहरूलाई बेवास्ता गरिएको छ र त्यागिएको छ... र बाख्राहरू अब भेडाको रूपमा नक्कली भेष धारण गरेका छन।
गोठालाको रूपमा लुगा लगाएका ब्वाँसाहरूले तिनीहरूलाई भन्छन, “तपाईं जुन अवस्थामा हुनुहुन्छ, येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ! कुनै पनि नकारात्मक कुरालाई विश्वास नगर्नुहोस!”
मैले सोचें कि हामीले पहिले हामी पापी हौं भनेर स्वीकार गर्नु अघि नै हामी पापी हौं, र यसले हामीलाई पश्चात्तापमा लैजान्छ!
Source : https://www.facebook.com/1305487672/posts/pfbid02PZ5sxvNPsJmd8Su17SW2VQKiQwpfnBpyWGb3CgAAbukdhfXwh6YeYr98Hkuu7CJvl/?app=fbl

No comments:
Post a Comment