Sunday, August 4, 2024

केही ख्रीष्टियनहरूका खराब चरित्रहरू



 1. तिनीहरू काममा चाँडै जान्छन, तर मण्डलीमा सधै ढिलो जान्छन।


 2. तिनीहरूले गल्ती गर्दा आफ्नो मालिकलाई बिन्ती गर्छन, तर जब मण्डलीमा कसैले गल्ती गर्छ या कुनै कुरामा असहमति र विवाद हुन्छ, तब मण्डली छोड्ने धम्की दिन्छन।


 3. तिनीहरू काममा बढुवा हुन कडा परिश्रम गर्छन, तर परमेश्वरको कामलाई हल्का साथ व्यवहार गर्छन।


 4. तिनीहरूले आफ्नो सबै बक्यौता कार्यस्थलमा तिर्छन, तर मण्डलीमा भेटी दिन अस्वीकार गर्छन।


 5. तिनीहरूले आफ्नो मालिकबाट अनुग्रह प्राप्त गर्न महँगो चीजहरू किनेर उपहार दिन्छन, तर तिनीहरूको आफ्नो पास्टरको लागि सानो उपहार पनि किन्न सक्दैनन।


 6. तिनीहरू कार्यस्थलमा बिदा लिँदा आफ्नो माथिकाे हाकिमबाट अनुमति लिन्छन, तर तिनीहरू मण्डलीकाे संगतिमा अनुपस्थित हुँदा कसैलाई सूचना समेत दिदैनन।


 7. तिनीहरू आफ्ना मालिकदेखि डराउँछन र आदर गर्छन। तर तिनीहरू आफ्नो पास्टर र कहिलेकाहीँ परमेश्वरसँग पनि न कहिल्यै डराउँछन र न आदर नै गर्छन।


 8. जब तिनीहरू बिरामी हुन्छन, तब तिनीहरू काममा जानको लागि प्रबन्ध गर्छन, तर तिनीहरू मण्डलीमा जान कुनै प्रबन्ध गर्न सक्दैनन।


 9. तिनीहरूले अफिसबाटको अनुसन्धान या प्रश्नलाई गम्भीर रूपमा लिन्छन, तर ईश्वरीय अनुसन्धान, अनुशासन या हप्काईलाई तिरस्कार गर्छन।


 10. तिनीहरूले कार्यस्थलमा आफ्ना सहकर्मीहरूलाई सहने गर्छन, तर मण्डलीका भाइहरूलाई सहन सक्दैनन।


 11. तिनीहरू कार्यस्थलमा आफ्नो फोन बन्द गर्छन, तर मण्डलीमा अन्य विश्वासीहरूलाई विचलित पार्न कलहरू प्रयोग गर्छन।


 12. तिनीहरूले अफिसमा ओभरटाइम काम गर्न सक्छन, तर पास्टरले तोकिएको समयमा प्रबचन बन्द नगरेको खण्डमा रिसाउँछन।


* के तपाईं पनि माथि उल्लेख गरिएको जस्तो ख्रीष्टियन त हुनुहुन्न?


म आशा गर्दछु, तपाईं माथि उल्लेख गरिएको जस्तो ख्रीष्टियन हुनुहुन्न। यदि तपाईं यी मध्ये कुनै कुरामा दोषी हुनुहुन्छ भने अहिल्यै पश्चात्ताप गर्नुहाेस र परमेश्वरसँग दयाको लागि प्रार्थना गर्नुहाेस। उहाँको लागि मात्र एक पूर्ण जीवन बिताउनुहोस, जाे तपाईंको सास र तपाईंसँग भएका सबै थोकको मालिक हुनुहुन्छ।


Sources : 

1. https://www.facebook.com/100001676056647/posts/pfbid029qurQY31hu9tJnJTQhR3DMHHRbX9DHhkpskUx8CYqjCDm16ggXHf2r9RRAJWBJYfl/?app=fbl

2. https://www.facebook.com/share/p/7JRZ1YzpBkXEEh46/?mibextid=oFDknk

3. https://www.facebook.com/reel/922356103082999/?mibextid=rS40aB7S9Ucbxw6v



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...